राजनीति

विप्लव माओवादीका ११ नेता तथा कार्यकर्ता पक्राउ

काठमाडौं– प्रहरीले विप्लब माओवादीका ११ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।गोर्खा भर्तिकेन्द्र रोक्न माग गर्दै भारतीय दुतावास घेर्ने तयारी गर्दै गर्दा शान्तिबाटिकाबाट अनिल शर्मा विरहीसहित ८ र असनबाट ३ जनालाई पक्राउ गरेको हो ।
शुक्रबार मध्यान्ह रत्नपार्कको शान्तिबाटिकामा जम्मा भएर जुुलुसहित विप्लवका नेता कार्यकर्ता लैनचौर जाने र दूतावास घेराउ गर्नुका साथै भारतीय राजदूतलाई ज्ञापनपत्र समेत बुझाउने कार्यक्रम रहेको थियो । शान्तिबाटिकामा भेला भएका उनीहरुलाई प्रहरीले लाठी चार्ज गरेर तितरवितर पारेको हो । प्रहरी हस्तक्षेपका कारण भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रम स्थगित भएको छ ।

१९ कार्तिक २०७३ ।