काठमाडौं– नेपालको तीन दिने राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी विहीबार पनि महत्वपूर्ण भेटवार्तामा जुट्ने भएका छन् । राष्ट्रपति मुखर्जीले बिहीबार बिहान पशुपतिनाथमा पुजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।
दिउँसो काठमाडौं विश्वविद्यालयले दिने अनेररी डक्टर उपाधी ग्रहणको कार्यक्रम (आर्मी अफिसर्स् क्लव) मा सहभागी हुनुहुनेछ । त्यस्तै,काठमाडौं महानगरपालिकाले नगरवाबासीको तर्फबाट राष्ट्रिय सभागृहमा दिने नागरिक अभिनन्दनमा सहभागी पनि हुने कार्यतालिका रहेको छ । त्यसपछि इन्डिया फाउन्डेसनले गर्ने कायक्रममा सहभागी हुनुनहुनेछ ।
त्यस्तै, होटल हायातमा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता, मधेसी दलका नेताहरुसंग संयुक्त भेटवार्ता गर्ने कार्यक्रम छ भने साँझ होटल द्वारिकामा उहाँको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट गरिने रात्रिभोजमा सरिक हुनुहुनेछ ।
१८ कार्तिक २०७३ ।
Comments