राजनीति

बजेट आश्रित विधेयक बहुमतले पारित

काठमाडौं– चालु आर्थिक वर्षको बजेट आश्रित विधेयकहरु व्यवस्थापिका–संसद्बाट पारित भएको छ। केपी शर्मा आली नेतृत्वको सरकारले बजेट ल्याए पनि बजेट आश्रित विधेयकहरु भने प्रचण्ड नेतृत्वको सरकारको समयमा पारित भएका हुन् ।

निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश प्रस्तुत गरेको विधेयकको विपक्षमा नेकपा माओवादी केन्द्रले मतदान गरेपछि विधेयक पारित हुन सकेको थिएन। बजेटपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले बजेट आश्रित विधेयक संसद्मा पेश गरेको हो। नेपाली कांग्रेसका सचेतक ईश्वरी न्यौपानेका अनुसार बजेट कार्यान्वयन गर्न बहुमतबाट विधेयक पारित गरिएको बताइन्। प्रतिपक्ष दल नेकपा एमालेलगायत केही साना दलहरुले भने विधेयकको विपक्षमा मतदान गरेको थियो।

१४ असोज, २०७३ ।