चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनमा सबै पक्षको सहमति जुट्ने बताएका छन्। बुधबार प्रेस सेन्टर नेपाल चितवन शाखाले भरतपूरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले भने, ‘हामी गम्भीर गृहकार्यमा छौं।’
उनले राष्ट्रिय संकटको समाधान गर्नु हामी सबैको कर्तव्य भएको बताए। संविधान संशोधनमार्फत् राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न सबै पक्षको सहमति आवश्यक रहेको प्रधानमन्त्रीले बताए। प्रधानमन्त्रीले मन्त्रीपरिषद्ले स्थानीय तह पूनर्संरचनाबारे स्थानीय तह पूनर्संरचना आयोगलाई थप कार्यदेश दिएको जानकारी दिँदै यसले विश्वासको वातावरण बृद्धि गर्ने बताए।
प्रधानमन्त्रीले भने, ‘हामी मधेशवादी दल र प्रतिपक्षी दल नेकपा एमालेसँग पनि सम्वादको क्रममा छौं। स्थानीय तहबारे सहमति जुटेको छ, यसले संविधान संशोधन र निर्वाचनमा पनि सहमति जुट्ने वातावरण बनेको छ।’
१२ असोज, २०७३ ।
Comments