राजनीति

शंकर पोखरेलले ट्वीट डिलिट गरे, तर माफी मागेनन्

काठमाडौं– एमाले नेता शंकर पोखरेलले मंगलबार विहान मधेसी जनता अधिकांस काला हुन्छन्, त्यसैले मधेसी मोर्चाले कालो दिवस मनाउँदै छ भनेर  ट्वीट गरेका थिए । आमसर्वसाधारणले मात्र होइन एमालेकै कार्यकर्ताले समेत चर्को आलोचना गरेपछि उनले आफ्नो ट्वीट डिलिट त गरे, तर माफी मागेका छैनन् । उनले माफी माग्न्ुपर्छ भन्दै उनकै फेसबुक र ट्वीटर एकाउन्टमा धेरैले माग गरेका छन् । 
आफूले  गरेको ट्वीटको गलत अर्थ लगाइएको भन्दै पोखरेलले दोस्रोे ट्वीट गरेका छन् । तर, मधेसीलाई कालो भनेर अपहेलना गरेकोमा धेरैले उनलाई सामाजिक सञ्जालमा सोधेका छन् ‘नेताज्यू, अझै पनि गल्ती स्वीर्कानु हुन्न ?’ मंगलबार विहान ९ः४१ बजे मधेसीलाई ‘कालो वर्ण’को भनेर ट्वीट गरेका नेता पोखरेलले सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि ट्वीट डिलिट गरे । 
उनले सँझ ७ः५४ बजे आफ्नो बचाउ गर्दै अर्को ट्वीट गरे । उनले लेखे–‘कालोलाई विरोधको प्रतीक बनाउने कुरा रंगभेदवादी युरोपियन चिन्तन परम्परासँग जोडिएको अर्थमा त्यसको विरोध गरेको हुँ । गलत अर्थ लागाएपछि  अघिल्लो ट्वीट हटाएको हुँ ।’ पोखरेलले यस्तो जवाफ लेखेपनि उनको आलोचनाको क्रम रोकिएको छैन । 
२२ भदौ, २०७३ ।