राजनीति

कांग्रेसका नेताले काम पाएनन्, भ्रातृ संस्था गञ्जागोल

काठमाडौं– कांग्रेसमा १२ औं महाधिवेशनपछि पदाधिकारीसहितको केन्द्रीय कार्यसमिति ८५ सदस्यीय थियो । तर, सुशील कोइारलको पाँचवर्षे कार्याकालमा पदाधिकारीबाहेक अरुले काम पाएनन् । विधानमा व्यवस्था भएका विभाग गठन गरे पनि देउवा पक्षको विरोधका कारण कुनै पनि विभागले काम गर्न सकेनन् । 
अञ्चल समन्वय समितिको हालत पनि उस्तै भयो । १३ औं महाधिवेशनसम्म पनि कुनै प्रष्ट जिम्मेवारी नपाएपछि नेताहरु आफ्नै हिसाबले खटे, पार्टी काममा लागे, देश दौडाहामा निस्किए । विभाग गठन अलपत्र परेपछि नेताहरु कामबिहीन भएकबा थिए । झण्डै दुई दर्जनको हाराहारीमा रहेको भ्रातृ संस्थाको महाधिवेशन समयमा गराउन नसक्दा पनि नेताले उचित जिम्मेवारी नपाउने र यसकै आधारमा तलैसम्म नेता–कार्यकर्ता परिचालित नहुने समस्या कांग्रेसले भोगेको छ । नयाँ पत्रिकामा समाचार छ । 
के–के छन् समस्या ? 
विभाग गठन नहुँदा समस्या
१३  औं महाधिवेशनपछि पनि उस्तै
पदाधिकारीलाई मात्र काम
१५ नेता मन्त्री 
समिति बनेकै छैनन्
पदाधिकारी नै ६ महिनासम्म अपूर्ण आदि ...
२२ साउन, २०७३ ।