राजनीति

एमाले अध्यक्ष ओली स्वदेश फर्किदै

काठमाडौं, २० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार स्वदेश फर्किने भएका छन् ।  नियमित स्वास्थ्य परीक्षणका क्रममा थाइल्याण्ड गएका ओली आफ्नो स्वास्थ्य परीक्षण गराएर सोमबार स्वदेश फर्किन लागेका हुन् ।  ओली भदौ ९ गते थाइल्याण्ड गएका थिए ।
पूर्वप्रधानमन्त्री ओली राज्यको खर्चमा उपचार गर्न विदेश गएको भनी प्रचार भएपछि एमालेले ओलीले राज्य कोषबाट एक पैसा पनि नलिएको दाबी गरेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले ओली पार्टीको व्यवस्थापन र निजी स्रोतबाट उपचार गर्न गएको बताए ।
एमालेले राज्य कोषबाट उपचार खर्च लिएको भए सार्वजनिक गर्नसमेत सम्बन्धित निकायहरुलाई चुनौति दिएको छ । यसअघि प्रधानमन्त्री बन्नुभन्दा पहिले सिकिस्त बिरामी परेका बेलामा भने तत्कालीन सरकारले उपचार खर्च सहयोग गरेको श्रेष्ठले बताए ।