राजनीति

भारत भ्रमणको एजेन्डा बनाउन प्रधानमन्त्री व्यस्त

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  आफ्नो आसन्न भारत भ्रमणको एजेण्डा बनाउन व्यस्त बनेका छन् । उनले  एजेन्डाबारे सरोकारवाला उपप्रधानमन्त्री, मन्त्री, सचिवसहितका अधिकारीसँग  ‘ब्रिफिङ’ गरिरहेका छन् । 
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार करिब दुई घन्टा चलेको बैठकमा उनले कार्यान्वयन गर्न सम्भव भएका विषय मात्रै आफूले भारतीय अधिकारीसँग उठाउने स्पष्ट पारे ।
 
प्रधानमन्त्री प्रचण्ड ३० भदौदेखि २ असोजसम्म भारतको औपचारिक भ्रमणमा  जाँदै छन् ।उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री डा। प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री रमेश लेखक, पर्यटनमन्त्री जीवनबहादुर शाहीललगायत ‘ब्रिफिङ’मा सहभागी थिए ।
 मन्त्रालयका सचिव तथा भारत भ्रमणको एजेन्डामा समन्वय गरिरहेका सहसचिवले भारतीय सहयोगमा निर्मित आयोजनाको अवस्था र भारतसाग वार्ताका लागि नेपालको प्रस्तावित अडानबारे ‘ब्रिफिङ’ गरेका थिए ।
 
प्रधानमन्त्री प्रचण्डलाई माथिल्लो कर्णाली, अरुण तेस्रोसहित भारतीय कम्पनीले निर्माण गर्ने जलविद्युत् आयोजनाको अवस्थाबारे सम्बद्ध मन्त्रालयका अधिकारीले ‘ब्रिफिङ’ गरेका थिए ।उनीहरूले पूर्व–पश्चिम विद्युतीय रेलमार्गको सम्भाव्यताबारे पूर्ववत् सहमति, प्रचण्ड अघिल्लो पटक प्रधानमन्त्री हुादा भारतले वचन दिएको नौमुरे जलविद्युत् योजना निर्माणबारेमा चर्चा गरेका थिए ।
 
नेपालको आन्तरिक पानी बााडफााडको विवाद तथा भारतीय अरुचिसमेतका कारण निर्माण नभएको सो आयोजनाको विकल्प खोज्नुपर्ने सुझाब सम्बद्ध अधिकारीले दिएका छन् ।

२० भदाै, २०७३ ।