वासिङटन, १४ भदौ । उत्तर कोरियाले जापानी सामुद्रिक क्षेत्र हुँदै मंगलबार बिहानै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिँदै अब ‘सवै विकल्प खुला' रहेको बताएका छन् ।तर्साउने र अस्थिरता निम्त्याउने कार्यले उत्तर कोरियाली सरकार यस क्षेत्र
मुम्बइ, १४ भदौ । (एजेन्सी) – मंगलबार बिहानदेखि परेको मुसलधारे वर्षाका कारण भारतको मुम्बई आसपासको क्षेत्र डुबानमा परेको छ। वर्षाका कारण केही मानविय क्षति समेत भएको त्यहाँका अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
जापान, १३ भदौ । (एजेन्सी)– उत्तर कोरियाले मंगलवार बिहान परीक्षण गरेको एउटा बलेस्टिक क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको छ। जापानको उत्तरी हकाइदो टापुको करिब ३,००० किलोमिटरसम्म उक्त क्षेप्यास्त्र पुगेको बताइएको छ।
भारत, १३ भदौ । अदालतबाट बलात्कार अभियोग प्रमाणित भएका भारतीय धर्मगुरु गुरमित राम रहिमलाई अदालतले १० वर्षको जेल सजाय सुनाएको छ । हरियाणा राज्यको रोहतक शहरमा रहेको जेलमै भारतीय अनुसन्धान निकाय सीबीआईको विशेष अदालतले उनीविरुद्ध सजाय सुनाएको हो ।
भारत, ११ भदौ । (एजेन्सी)– भारतमा बलात्कारको अभियोगमा दोषी भएका बाबा राम रहीमलाई अदालतबाटै भगाउन खतरनाक योजना बनेको खुलासा भएको छ । बाबा गुरमित राम रहीमलाई अदालतबाटै भगाउनको लागि उनका हतियारधारी कमाण्डोहरु अदालत परिसरमा तैनाथ गरिएको पाइएको छ ।
स्पेन, ७ भदाै । स्पेनको प्रहरीले बार्सिलोना आक्रमणका मुख्य संदिग्ध युनेस अबुयाकुब सुरक्षा कारबाहीमा मारिएको बताएको छ । गत बिहीवार लस ¥याम्ब्लसमा मानिसहरुमाथि भ्यान जोताउने उनी नै भएको स्पेनको प्रहरीको विश्वास छ ।
अमेरिका, ५ भदौ । अमेरिकी जलसेनाले उसको एउटा पानीजहाज अर्को व्यापारिक पानीजहाजसँग सिंगापुरको समुद्री क्षेत्रमा ठोक्किएको भन्दै खोज तथा उद्दार कार्य अघि बढिरहेको बताएको छ। क्षेप्यास्त्र नष्ट गर्ने क्षमताको 'यूएसएस जोन मक्केन' लाइबेरियाको झण्डा रहेको अर्को पानीजहाजसँग ठोक्किदा क्षतिग्रस्त भएको बताइएको छ।
स्पेन, २ भदौ । स्पेनको स्वशासित क्षेत्र क्याटालोनियाको राजधानी बार्सिलोनामा भएको आतंकवादी आक्रमण १३ जना मारिएका छन् । बार्सिलोनाको पयटकीय स्थल लास राम्ब्लासमा पैदलयात्री माथी कारले आक्रमण गर्दा १३ जनाको ज्यान गएको हो ।
पाकिस्तान, २८ साउन । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा शुक्रबार भएको बम विस्फोटनमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरु २५ जना घाइते भएका छन् ।कसलाई लक्षित गरी आक्रमण गरिएको थियो भन्ने कुराको अहिलेसम्म पनि एकिन नभएको सञ्चार माध्यमहरूले जनाएका छन् ।
अमेरिका, २६ साउन । अमेरिकी रक्षा मन्त्री जेम्स् माटिसले प्योङयाङले परमाणु हतियार विकास गर्ने क्रम रोक्नु पर्नेमा जोड दिएका छन्। अन्यथा उत्तर कोरियाको शासन-सत्ता सिध्दिने र उसले मानवीय क्षति व्यहोर्नुपर्ने चेतावनी माटिसले दिएका छन्।