काठमाडौं, २१ माघ । प्रायः फरक भूमिकामा देखा पर्दै आएका अभिनेता विपिन कार्कीले पछिल्लो पटक अभिनय गरेको चलचित्र ‘नाका’को झन पृथक गेटअपमा देखिएका छन् । चलचित्रको ट्रेलरमा विपिन गुण्डा डनको रुपमा देखा परेका छन । ट्रेलरलाई हाईलाईट नेपालले सार्वजनिक गरेको हो ।
काठमाडौं, ३० पुस । पूर्वी नेपालको मोरङकी पवित्रा कार्की मोडलिङ र अभिनयमा निकै रुची राख्छिन् । मिस कोशीमा सहभागिता जनाएपछि उनी ग्ल्यामर फिल्डमा उदाएकी हुन् । रंगमञ्चमै केही गर्ने उद्देश्यका साथ उनी हाल भक्तपुरमा रहेर विभिन्न म्यूजिक भिडियो तथा चलचित्रमा सक्रियरुपमा छाउँदै आएकी छिन् ।
काठमाडौं, ३० पुस । हालै बेलायतमा सम्पन्न भएको विश्व भ्रमण विशिष्ट नागरिक सम्मान कार्यक्रममा नेपाली कला र संस्कृतिको जगेर्ना तथा उद्धारमा अतुलनीय योगदान पु¥याए वापत सम्मानित भएको शिम्मी पुन प्रतिभा नक्षेत्रको तदर्थ समिति संयोजकमा सर्वसम्मत भएकी छिन् ।
काठमाडौं, पुस । लामो समयदेखि अमेरिकामा रहेर आफ्नै पेशा व्यवसायमा व्यस्त बनेका पासाङ शेर्पा फेरि गीत संगीतमा सक्रिय हुन थालेका छन् । सानैदेखि गीत संगीतमा रुची राख्ने पासाङले थुप्रै गीतमा कलम चलाएका छन् ।
चितवन, १५ पुस । यही पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फिर्के’ यूनिट यतिबेला मोफसल दौडाहामा छ । प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार–प्रसारका लागि विभिन्न जिल्ला हुँदै चितवन पुगेका कलाकार तथा निर्माता सुलेमान शंकर ‘ईकु’ र निर्देशक रवि डंगोल ‘बेमान’लेले चितवनमा जारी हात्ती महोत्सवमा आफ्नो प्रस्तुती पस्के ।
काठमाडौं, १५ पुस । मह सञ्चारको प्रस्तुती र हाँस्य कलाकार किरण केसीको निर्माणमा बनेको चलचित्र ‘शत्रु गते’को पहिलो गीत ‘रुपै मोहनी’ सार्वजनिक भएको छ । सार्बजनिक गीतमा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा र प्रियंका कार्कीले नृत्य गरेका छन् ।
काठमाडौं, मंसिर । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतलाई माया गर्ने धेरै श्रष्टाहरु छन् । ती श्रष्टाहरुमध्ये गीतकार पासाङ शेर्पा पनि एक हुन् । विगत लामो समयदेखि अमेरिकामा बस्दै आएका गीतकार पासाङले आफ्नो पहिलो प्रयासस्वरुप गीति एल्बम ‘नरोउ तिमी’ बजारमा ल्याउने तयारीमा छन् ।
काठमाडौं, मंसिर । ‘मिस इन्टर कन्टिनेन्टल नेपाल –२०१७’ को ताज वर्षा शर्माले पहिरिएकी छन् । आफ्ना १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै वर्षा पहिलो मिस इन्टरकन्टिनेन्टल नेपाल बन्न सफल भएकी हुन् । शर्मालाई पवि ज्वेलर्सले बनाएको ताज आयोजक संस्था डिपासका अध्यक्ष एवं मिस इन्टरकन्टिनेन्टलका
काठमाडौं, कार्तिक । सञ्चारकर्मीको संघर्ष र पीडाको कथा बोल्ने भिडियो सार्वजनिक भएको छ । ‘स्वार्थी’ नामको भिडियोमा डडेल्धुराको युनिटी रेडियो तथा काठमाडौंको सगरमाथा टेलिभिजनको जिल्ला सम्वाददाताको रुपमा कार्यरत विरेन्द्र जैरुको अभिनय रहेको छ ।
काठमाडौं, २२ असोज । पूर्व मिस नेपालसमेत रहेकी मलिना जोशीले चलचित्रमा एक पछि अर्को गर्दै असफलता व्यहोरेपछि अन्ततः उनी अमेरिका हानिएकी छन् । झण्डै आधा दर्जन फिल्म गरेरपनि चर्चामा आउन नसकेकी मलिना ‘वुमन इन कन्सर्ट युएस यात्रा’का अमेरिका उडेकी हुन् ।