काठमाडौं– नेकपा एमालेसँगको गठबन्धन तोडेर नेपाली कांग्रेस र मधेसी मोर्चाको समर्थनमा प्रधानमन्त्री बन्नुभएका माओवादी अध्यक्ष प्रचण्डलाई छिमेकी मित्रराष्ट्र भारतले उच्च महत्व दिने भएको छ । भारतसँग बारम्बार निहुँ खोजिरहने सरकार ढालेर
मन्त्री छनोटको सूचीमा परेकाले उनले फोन गरेर संकेत दिएको उनी निकट एक नेताले बताए । स्रोतका अनुसार पौडेल पक्षलाई चारदेखि पाँच मन्त्री दिने निष्कर्षमा उनी पुगेका छन् । पौडेल पक्षले कम्तिमा ५ मन्त्री पाउनुपर्ने माग राख्दै आएको छ ।
काठमाडौं– नेपालका लागि भारतीय राजदूत रणजित रायले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण छिट्टै हुने बताएका छन्। रिपोटर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा राजदूत रायले निकट भविष्यमै नेपाल र भारतका उच्च अधिकारीको भ्रमण आदानप्रदान हुने जानकारी गराएका हुन्।
चीन भ्रमणमा रहेका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । सोमबार चीन भ्रमणमा निस्किएका उपप्रधानमन्त्री महराले बुधबार चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई भेटेका छन् । भेटमा खछ्याङले राष्ट्रपति सी जिनपिङ र आफूलाई नेपाल भ्रमणको निम्तो दिएकामा धन्यवाद दिए ।
काठमाडौं, २३ साउन । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन अन्तर्गत उद्घाटन भएको ११ दिनपछि मतदान शुरु भएको छ । ९ वर्षपछि नेविसंघको गत साउन २३ गते उद्घाटन शत्र भए पनि प्रतिनिधि विवादका कारण चुनाव हुन सकेको थिएन । नयाँ नेतृत्वको लागि बधबार दिउँसोबाट मतदान शुरु भएको हो ।
काठमाडौं, साउन । सर्वोच्च अदालतले प्रचण्ड नेतृत्वको सरकारले गरेको राजनीतिक पृष्ठभूमिका राजदूत नियुक्ति फिर्ता निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रचण्ड प्रधानमन्त्री भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक आधारमा राजदूतमा सिफारिस गरेका १४ जनाको नाम फिर्ता लिने निर्णय गरेको थियो ।
काठमाडौं– नेपाल विद्यार्थी संघ संघको ११ महाधिवेशनका सबै निर्वाचन प्रक्रिया सोमबार नै टुंग्याएर मंगलबार मतदान हुने भएको छ । एक साताअघि उद्घाटन गरिएको महाधिवेशनको बन्द सत्र विना नै चुनावी प्रक्रिया अघि बढाइएको हो ।
काठमाडौं– नेपाली कांग्रेसको कार्यालय सानेपामा महाधिबेशनमा जुटेका विद्यार्थी र प्रहरीबिच झडप भएको छ । शनिबार राती सार्वजनिक भएको ३७ सय ६० प्रतिनिधिको नाममा झण्डै ३ सय नाम फर्जी परेको विद्यार्थी समूहले पार्टी कार्यालयमा गरेको प्रदर्शन गरेका हुन् ।
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा थपिएका तीन मन्त्रीले मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । तीन जना विनाविभागीय मन्त्रीले विहीबार मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । सरकारले बिना विभागीय मन्त्री दीपक बोहोरालाई आपूर्ति, विक्रम पाण्डेलाई भूमीसुधार र जयदेव जोशीलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
काठमाडौं– मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका विशेष दूतको रुपमा दुई मन्त्रीलाई छिमेकी मुलक भारत र चीन पठाउने निर्णय गरको छ । भारतमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिलाई र चीनमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई पठाउने निर्णय गरेको हो ।