काठमाडौं– भारत भ्रमणमा रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा मानार्थ विद्यावारिधिबाट सम्मानित हुनुभएको छ । नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु बिश्वबिद्यालयमा आयोजित बिशेष कार्यक्रम देउवालाई मानार्थ विद्यावारिधी प्रदान गरिएको हो ।
काठमाडौं– प्रहरीले विप्लब माओवादीका ११ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।गोर्खा भर्तिकेन्द्र रोक्न माग गर्दै भारतीय दुतावास घेर्ने तयारी गर्दै गर्दा शान्तिबाटिकाबाट अनिल शर्मा विरहीसहित ८ र असनबाट ३ जनालाई पक्राउ गरेको हो ।
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन दिने भारत भ्रमणको लागि आज भारत प्रस्थान गर्नुभएको छ । भारतको गोवामा हुने इन्डिया फाउण्डेसनले आयोजना गर्ने इण्डिया आईडियाज कनक्लेभ’ सम्मेलनमा भाग लिन सभापति देउवा भारत प्रस्थान गर्नुभएको हो ।
काठमाडौं– नेपालको तीन दिने राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी विहीबार पनि महत्वपूर्ण भेटवार्तामा जुट्ने भएका छन् । राष्ट्रपति मुखर्जीले बिहीबार बिहान पशुपतिनाथमा पुजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौं– भारतका राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने नेपालको राजकीय भ्रमणको तयारी पूरा भएको छ । भारतीय राष्ट्रपतिको स्वागतका लागि काठमाडौँका मुख्य स्थल स्वागतद्वार र चोकचोकमा दुई देशका राष्ट्रिय झण्डा राखिएका छन् ।
काठमाडौं– संविधान संसोधनमा सहमति जुटाउने प्रयासमा सत्तारुढ दल र मधेस केन्द्रीत दलबीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आइतबार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत सत्तारुढ दल र मधेस केन्द्रीतबीच छलफल भएको हो ।
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको मौलिक सम्वत् नेपाल सम्वत् ११३७ नयाँ वर्ष शुभारम्भको सुखद उपलक्ष्यमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
काठमाडौं– सरकारले संघीय चुनाव लागि आवश्यक पर्ने सबै विधेयक कात्तिक मसान्त भित्र ल्याउने तयारी गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले पत्रकार सम्मेलन गरी कानुनी अड्चनका कारण निर्वाचन नहुने अवस्था श्रृजना हुन नदिने जनाएको हो ।
विश्वकै सबैभन्दा शक्तिशाली र अग्रणी राष्ट्र अमेरिकाको ४५औं राष्ट्रपति ‘को’ बन्ला, डेमेक्रेटिक पार्टीकी राष्ट्रपतीय उदारवादी उम्मेद्वार हिलारी क्लिन्टन या रिपब्लिकन पार्टीका अनुदारवादी उम्मेद्वार डोनल्ड ट्रम्प ? यो प्रश्नको उत्तर खोज्न अब धेरै दिन कुर्नु पर्ने छैन । ...
काठमाडौं– सरकारले भारत र चीनका राष्ट्रप्रमुख नेपाल आउँदा सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो। भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको आउने भएपनि सरकारले भारत र चीनका राष्ट्रप्रमुख आउने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।