राजनीति

  • स्थानीय तहमा ३६ हजार ६ सय ५४ प्रतिनिधि

    स्थानीय तहमा ३६ हजार ६ सय ५४ प्रतिनिधि काठमाडौं- स्थानीय तहको संख्या ७ सय ४४ भएसँगै निर्वाचनपछि ३६ हजार ६ सय ५४ जनप्रतिनिधि हुनेछन्। संविधानअनुसार गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, नगर, उपमहानगर र महानगरमा प्रमुख र उपप्रमुख रहनेछन्। हरेक वडामा वडाअध्यक्षसहित पाँच जनप्रतिनिधि रहने व्यवस्था छ। यसरी जम्मा ३४ हजार नौ सय तीन प्रतिनिधि जनताबाट प्रत्यक्ष निर्वाचित हुन्छन्।

    Read More

  • पाँच दिनदेखि जारी सप्तरी बन्द फिर्ता

    पाँच दिनदेखि जारी सप्तरी बन्द फिर्ता सप्तरी- आफ्ना कार्याकर्ताको हत्या भएको विरोधमा विगत पाँच दिनदेखि जारी सप्तरी बन्द मधेसी मोर्चाले फिर्ता लिएको छ । गत सोमबार नेकपा (एमाले)को मेची–महाकाली अभियान कार्यक्रमअन्तर्गत सप्तरीको राजविराज–रुपनी सडकखण्डअन्तर्गत बसबिटी

    Read More

  • मोर्चाको नेपाल बन्दः उपत्यकामा सामान्य प्रभाव

    मोर्चाको नेपाल बन्दः उपत्यकामा सामान्य प्रभाव काठमाडौं- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज नेपाल बन्द आब्हान गरेको छ । बन्द गराउँदै हिंडेका ५८ जनालाई बिहानै नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ । बन्दका क्रममा ललितपुरमा अवरोध र्पुयाउने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लतिलपुरको सातदोबाटो र पुल्चोकबाट ती वन्दकर्तालाई नियन्त्रणमा लिइएको हो ।

    Read More

  • स्थानीय चुनावः चैत १० गतेभित्रै मतदान केन्द्र तोकिने

    स्थानीय चुनावः चैत १० गतेभित्रै मतदान केन्द्र तोकिने काठमाडौ– निर्वाचन आयोगले आगामी १० चैतभित्रै स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र निर्धारण गरिसक्ने जनाएको छ । आयोगले मतदान केन्द्र निर्धारण आगामी १० चैतसम्म सक्ने गरी काम अघि बढाउन जिल्ला निर्वाचन कार्यालयलाई निर्देशनसमेत दिइसकेको छ ।

    Read More

  • एमालेको मेची–महाकाली अभियान हेटौडाबाट शुरु हुँदै

    एमालेको मेची–महाकाली अभियान हेटौडाबाट शुरु हुँदै मकवानपुर–नेकपा एमालको स्थगित मेची महाकाली अभियान आजबाट पुनः हेटौडाबाट शुरु हुने भएको छ । अभियानको सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबार हेटौंडाबाट पुनः सुरु हुने अभियानको कार्यक्रम र अभियान टोलीलाई मकवानपुरमा भब्य स्वागत गर्न तयारी भइरहेको छ ।

    Read More

  • सप्तरी घटनाको भ्रम चिर्न एमालेले बोलायो कार्यकर्ता भेला

    सप्तरी घटनाको भ्रम चिर्न एमालेले बोलायो कार्यकर्ता भेला काठमाडौं– सप्तरीको राजविराजमा पार्टीले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेपका विरुद्धमा कार्यकर्ता पंक्तिलाई स्पष्ट पार्ने भन्दै नेकपा एमालेले विहीबार काठमाडौंमा बृहत् भेलाको आयोजना गर्ने भएको छ । पार्टी कार्यालय धुम्बाराईमा बसेको केन्द्रीय सचिवालयको बैठकले काठमाडौंमा तीन नम्बर प्रदेशका अगुवा कार्यकर्ताको भेला बोलाएको हो ।

    Read More

  • सप्तरी घटना अपडेटः तीन जनाको मृत्यु

    सप्तरी घटना अपडेटः तीन जनाको मृत्यु काठमाडौं– एमालेको मेची–महाकाली अभियान अन्तर्गत सोमबार सप्तरीमा भएको कार्यक्रममा मधेसी मोर्चाले विरोध प्रदर्शन गरेपछि प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको छ ।

    Read More

  • चटारो स्थानीय चुनावकोे

    चटारो स्थानीय चुनावकोे अन्ततः करिव दुई दशकपछि मुलुकमा स्थानीय निकायको निर्वाचन हुने भएपछि सर्वत्र चुनावकै चर्चा चल्न थालेको छ । सरकारले आउँदो २०७४ बैशाख ३१ गते गर्ने गरी निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगलेसमेत चुनावका लागि आवश्यक काम कारबाही तीब्र रुपमा अघि बढाएको छ ।

    Read More

  • स्थानीय तहको संख्या परिमार्जन गरी ७४४ कायम

    स्थानीय तहको संख्या परिमार्जन गरी ७४४ कायम काठमाडौं– सरकारले स्थानीय तहको सङ्ख्या ७ सय ४४ कायम गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले स्थानीय तह पुनर्संरचना आयोगले प्रस्तुत गरेको प्रतिवेदनलाई सामान्य परिमार्जन गरी यो सङ्ख्या कायम गरेको सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले बताउनुभयो ।

    Read More

  • एमालेको मेची–काली अभियान अन्तर्गत आज मोरङ र सुनसरीमा सभा

    एमालेको मेची–काली अभियान अन्तर्गत आज मोरङ र सुनसरीमा सभा काठमाडौं– नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान सुरु भएको छ । कार्यकर्ता र समर्थकहरुको निकै ठूलो उपस्थितिमाझ एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा र पार्टीको झण्डा फहराएर मेची महाकाली अभियानको शुभारम्भ गर्नुभएको हो । एमालेले झापाको कांकडभिट्टाबाट मेची–महाकाली राष्ट्रिय अभियान सुरु गरेको हो ।

    Read More