प्रवास

मलेसियामा जेल सजाए पाएका १६ नेपाली फर्किए

काठमाडौं । मलेसियामा बिभिन्न अभियोगमा जेल सजायँ पाएका १६ जना नेपालीहरु मंगलबार स्वदेश फर्किएका छन् । जेलबाट मुक्त भएपछि पनि घर फर्किने भाडा नभएर समस्यामा परेकाहरुलाई मलेसियास्थित दूतावासले निःशुल्क स्वदेश फर्काएको हो ।
स्वदेश फर्किएका सबै नेपालीहरुलाई दूतावासले निःशुल्क टिकटको व्यवस्था गरिदिएको थियो । दूतावासबाट जारी विज्ञप्ति अनुसार उनीहरु सबैलाई नेपाल एयर लाइन्सको उडान नं. ५१३ मार्फत नेपाल फर्काइएको हो ।
मलेसियामा अवैध तरिकाले काम गरेको आरोपमा जेल सजाय पाई सजायँसमेत भुक्तान गसिकेका नेपालीहरु घर फर्किने प्लेन भाडा नहुँदा घर फिर्ती केन्द्रहरुमा बसिरहेका छन् । उनीहरु सबैलाई नेपाल फर्काउने क्रम जारी छ र हालसम्म ६१२ जनालाई निःशुल्क घर पठाइसकेको दूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

४ साउन, २०७३ ।