अन्तरवार्ता

पर्यटक र विद्यार्थीका लागि अमेरिकी भिषा सहज भएको होइन

खड्ग राना मगर
नेपाल स्थित अमेरिकी दुतावासले पर्यटक र विद्यार्थी भिषाका लागि धेरै कागजात आवश्यक नपर्ने भन्दै विज्ञप्ति जारी गरेको छ । यस्तो व्यवस्थाले पर्यटक र विद्यार्थीका लागि अमेरिकी भिषा सहज भएको भन्ने तर्क पनि आउने गरेका छन् । यद्यपी व्यवहारिक रुपमा यो कति सहज छ वा छैन भन्नेमा अझै पनि अन्यौलता कायमै छ । यसै सन्दर्भमा १५ वर्ष सम्म नेपालस्थित अमेरिकी दुतावासको भिषा म्यानेजरको रुपमा काम गरिसक्नु भएका खड्ग राना मगरसँग अमेरिकी भिषा र डीभि चिठ्ठाका विषयमा केन्द्रित रहेर न्यूयोर्क समाचारका लागि जशकुमार राईले गर्नु भएको कुराकानी ।


नेपाली पर्यटक र विद्यार्थी भिषाका लागि धेरै काजजात पेश गर्नु नपर्ने अमेरिकी दुतावासको निर्णयले कस्तो अर्थ राख्छ ?
कागजपत्र चाहिने नचाहिने भन्दा पनि अमेरिकी भिषाहरु दुई भागमा विभाजन गरिएको हुन्छ । जसलाई गैरआप्रवासी र आप्रवासी भिषा भनिन्छ । नेपालमा रहेको अमेरिकी दुतावासले जारी गरेको प्रेस वक्तव्य गैरआप्रवासी भिषा सम्बन्धि हो । पर्यकट, विद्यार्थीलगायत लगभग ८० भिसाका प्रकार छन् । त्यसलाई सम्बोधन गरेको हो । त्यस मध्ये पनि पर्यटक भिषा र विद्यार्थी भिषाका लागि धेरै कागजात चाँहिदैन भनिएको हो । सुन्दा नौलो कुरा जस्तो लाग्छ । संसारमा दुतावासले कागजपत्रहरु खासै पर्दैन भनेर भनी आएको हो । तर नेपालको लागि भने अलिक यो समयमा लागु भैहाल्छ भन्ने चाही मलाई लाग्दैन । अर्थात पर्यकट र विद्यार्थीका लागि धेरै कागजात चाँहिदैन भन्दैमा सबैले सहज रुपमा भिषा पाउँछन् भन्ने अर्थ लाग्दैन ।

यो प्रक्रिया लागु नहुनु पर्ने कारण के ?
नेपाललाई कन्सुलरले कसरी लिएको छ भने फर्ड कागजात पेश गर्ने नम्बर १ मा अहिले नेपाललाई राखेकोछ । पहिले बंगलादेश थियो । करिब २० वर्ष अघि नेपालमा जालसाझ हुँदैन भन्ने थियो तर अहिले भने नेपाल पहिलो नम्बरमा परेकोछ । त्यसैले अहिलेको नेपालमा रहेको अमेरिकी दुतावासले गरेको यो बर्गीकरकरको कारणले अझै पनि नेपालमा यो सिस्टम लागु गरेर सहज रुपमा भिषा जारी गर्ने कुरामा मलाई शंका छ ।

अहिले डिभिको नतिजा आएको छ, यसको पहिलो प्रक्रिया के हुन्छ ?
सामान्य छ । के विर्सनु हुन्न भने आफ्नो कन्फरमेशन सिट हुनु प¥यो । हराएको खण्डमा इमेलबाट पनि हेर्न सकिन्छ । डीभी परिसकेपछि परेको परिवारले भर्नु पर्ने डीएस २६० फर्म परिवारको प्रत्येक सदस्यले भर्नुपर्छ । डीभी परेपछि तपाईले निवेदन हाल्नु हुन्छ । निवेदन हालिसकेपछि केसीसीले केही पनि पठाउदैन तपाई ढुक्क संग बस्नु भए हुन्छ । आप्mनो पालो कुरेर बस्ने हो । अक्टुवर २०१६ देखि सेप्टेम्बर २०१७ सम्म एक आर्थिक वर्ष हुन्छ । त्यतिबेलासम्म सबै सक्नुपर्ने हुन्छ । पालो आउने भयो भने लगभग ६० दिन अगाडी जानकारी दिन्छ । अन्तरवार्ताको लागि फेरी हामी डीभी सेलेक्टीभ वेभसाईटमा गएर हेर्न सकिन्छ । त्यसमा चाही डीभी एपोईन्टमेन्ट लेटर भनेर पठाएको हुन्छ । त्यसमा कहिले अन्तरवार्ता हुने, मिति र कति कति फी लाग्छ सबै जानकारी हुन्छ । के के डकुमेन्टस्हरु चाहिन्छ ? भनेर जानकारी दिएको हुन्छ ।  साथ साथै अन्तरवार्ताको बेला के पनि लानुपर्छ भने, तपाईहरुको परिवार नै हो भन्ने प्रमाणहरु लैजानु पर्दछ । बेलाबेलामा फोटो खिचेको बालबच्चाको सर्टीफिकेट, विभिन्न बेलाको मेडिकल रिपोर्ट र पुराना फोटोहरु ।

मेडिकल कति बेला गर्ने ?
दुई महिना अगाडी नै पत्र पठाई सकेको हुन्छ । त्यो पत्र आउने वित्तिकै नेपाल स्थित आई ओ एम मा सम्पर्क गरेर मेडिकल टेस्टको लागि समय लिने हो । मेडिकलमा खास केहि पनि रोग हेरिदैन । तर सरुवा रोग हेर्ने हो । जस्तो उनीहरुले गम्भीरता पूर्वक टीवी रोगलाई जाँच्ने गर्दछ । शरिरमा भएको रोगहरुको बारेमा मेशीनले थाहा पाउने हुनाले प्रक्रियाको समय लम्बिने भएकोले समयमा नै गर्नु गर्दछ ।

डिभी पर्नेको प्लस टु पढेको हुनु प¥यो तर भएन भने के हुन्छ ?
प्लस टु भएको भए राम्रो हो । भएन भने पनि डीभी हुनसक्ने अवस्था छ । नेपालको सम्बन्धमा हो भने अलिक क्षिण रहन्छ । किन भने १२ वर्षको शैक्षिक योग्यता अथवा अमेरिकी श्रम विभागले तोकेको दक्ष जनशक्ती भएको ग्रुपमा कामको अनुभव भएको भनेर भनेकोछ । यदी अमेरिकी सरकारले तोकेको दुई वर्षको सीप, दक्षता लिएको हो भने सम्भव रहन्छ ।

डीभी चिठ्ठा पर्नेहरुले के के कागजातहरु बुझाउनु पर्छ ?
डीभी भिषा आप्रवासी भिषा अन्तरगत पर्छ । यो भिषा कागजी प्रमाणको आधारमा मात्रै दिईन्छ । डीभी पर्ने व्यक्तीको १२ वर्षे शैक्षिक योग्यता, १२ वर्षसम्म स्कूल गएको रेकर्ड, जन्म दर्ता, विवाह दर्ता प्रमाणपत्र, १६ वर्ष भन्दा माथिको भए पुलिस रिपोर्ट, परिवारमा एक वर्ष कोही विदेश बसेको छ भने त्यहाँको पुलिस रिर्पोट चाहिन्छ ।

डीभी पर्ने नेपालीहरुको आउने प्रक्रिया कस्तो हुन्छ ?
जो व्यक्ति डीभी कार्यक्रममा छानिएको छ, प्रत्येकले १४ डिजिटको नम्बर पाउँछ । नम्बर चाही जति सानो उति नै आउने सम्भावना धेरै हुन्छ । अमेरिकाले संसारभर ५० हजार भिषा बाँड्छ । प्रत्येक देश सहभागि हुन सक्दैन सहभागि मध्ये नेपाल एउटा हो । अव नेपालको लागि कहिले बढी कहिले कम हुन सक्छ । पचास हजारको सात प्रतिशतले मात्रै नेपालबाट अमेरिका आउने हो । जो लगभग ३५ सय जति नेपाली आउन पाउँछन् ।

पालो कसरी आँउछ त ?
जति नम्बर सानो भयो त्यसको पालो त्यतिनै धेरै छिटो आउँछ । फस्ट कम फस्र्ट सर्भीस । यसमा के मानसिकता छ भने पहिलो र दोश्रो लेटर भन्ने हुन्छ । तर अमेरिकी मानसिकता त्यस्तो छैन । पहिलो पटकको पत्र तपाईले डीभी जीत्नु भो भन्ने नै हो । त्यसमा के लेखेको हुन्छ भने तपाईको नम्बर यो हो । तपाई जित्ने ब्यक्ती हुनुहुन्छ । तपाई योग्य हुनसक्नु हुन्छ तर तपाईले अहिले नै केही पनि सामान बेचविखन नर्गनु होला जागिर नछोड्नु होला, भनेर लेखेकै हुन्छ । प्रत्येक डीभी पर्ने मानिसले डीभी भिषा पाउँछ भन्ने हुँदैन ।

डीभी परेपछि भर्नु पर्ने फर्म डीएस २६० मा कस्तो कस्तो सूचना दिनुपर्छ ?
डीएस २६० अनलाईन भर्नुपर्छ । नाम, जन्म मिति, शैक्षिक योग्यता, पासपोर्टको ईन्फरमेशन पनि चाहिन्छ ।