न्युयोर्क

‘नेपाल डे परेड’ ऐतिहासिक बन्यो (फोटो फिचर)

न्यूयोर्क । ‘जननि जन्नभूमिश्च स्वर्गादपि गरियसी’– माता र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ ।

सबैको सपनाको संसार अमेरिकामा पुगेका नेपालीहरुका लागि यो श्लोक अहिले त्यत्तिकै सादर्भिक बनेको छ । यस अर्थमा सान्दर्भिक बन्यो कि उनीहरुले आफ्नो कर्मभूमिमा जन्मभूमिप्रति देखाएको माया–ममता र मुलुक पहिचानका लागि गरिएका विभिन्न कार्यक्रमहरुले ।  

अमेरिकामा रहेका नेपालीहरुले आइतबार न्यूयोर्कमा ‘नेपाल डे परेड’को भव्य जनसागर निकाले ।  संयुक्त राष्ट्रसंघका लागि सहायक स्थायी प्रतिनिधि सेवा लम्सालले रिबन काटेर उद्घाटन भएको कार्यक्रममा अमेरिकी सरकारका प्रतिनिधि काउन्सिल म्यान ड्यानियल ड्रम सहभागी भएका थिए । नेपालको गणतन्त्र दिवसको अवसर पारेर न्यूयोर्कमा पहिलो पटक ‘नेपाल डे परेड’ निकालिएको हो ।  म्यानहाटनमा आयोजना गरिएको ‘नेपाल डे परेड’मा नेपालीहरुको उल्लेख्य रुपमा सहभागिता रह्यो । 

बुद्धको भूमि, भृकुटीको देश, जहाँ रहे पनि प्यारो छ हाम्रै भाषा भेष !

सगरमाथा हाम्रो पहिचान, नेपाल र नेपाली चिनाउने हाम्रो अभियान !! 

लेखिएका व्यानर, हात–हातमा नेपाली झण्डा, नेपाली मौलिक परम्परा र लोकबाजा संस्कृतिसहित निस्किएको ¥यालीले साच्चै नेपाली पन झल्किएको थियो ।

नेपाल डे परेडमा नेपाल र नेपालसँग सम्बन्धित विभन्न ३७ वटा संघ संस्थाहरुले सडकमा बाजागाजा, झाकीसहित ¥याली निकाले । न्यूयोर्कको व्यस्त सहर म्यानहाटनको ब्रोडवे २९ स्ट्रिटदेखि १९ स्ट्रिटसम्म  निकालिएको ¥यालीमा हजारौंको संख्यामा नेपाली उपस्थित भएका थिए । नाचगान, मौलिक पञ्चेबाजा, विभिन्न भेषभुषा, राष्ट्रिय झण्डा र व्यानरसहित निस्किएको ¥यालीले नेपालीको पहिचान देखाउन मात्र सिमित बनेन, विश्वका ध्यानसमेत त्यसतर्फ केन्द्रित गर्न सफल बन्यो ।

आइतबार अपरान्ह १२ बजेदेखि ४ बजेसम्मका लागि सम्पूर्ण सडक नेपाल डे परेडले भरीभराउ देखिए । परेडमा १० वटा भन्दा बढि झाँकीहरु प्रस्तुत गरिए । नेपाल डे परेडका संयोजक लुईसाङ वाईवा तामाङले  भने– ‘कार्यक्रम अपेक्षाकृत बन्यो, नेपाल डे परेड एतिहासिक मात्र बनेन, यसले एकताको महत्वपूर्ण सन्देश विश्वमाझ दिएको छ । नेपाल गणतन्त्र मुलुक घोषणा भएको दिनलाई राष्ट्रिय महोत्सवको रुपमा मनाउने उद्देश्यले न्युयोर्क शहरमा नेपाल डे परेड निकालिएको हो । आगामी वर्षमा पनि नियमित रुपमा ‘नेपाल डे परेड’ गरिने आयोजनकका भनाइ छ ।

नेपालीहरुले विभिन्न अवसर तथा समय र सन्दर्भ पारेर नेपालको पहिचान विश्वसामु पु¥याउन विविध कार्यक्रमको आयोजना गर्दै आएका छन् । नेपाल डे परेडमा उर्लिएको यो जन –सागरले नेपालीपन त झल्कायो नै, त्यतिमात्र नभएर अमेरिकामा रहेका नेपालीहरुबीच आत्मीयता, सहकार्य र सम्बन्धको नयाँ आयाम पनि थपेको छ ।

न्यूयोर्कमा निकालिएको  ‘नेपाल डे परेडमा’ झल्किएको नेपालीपन बाँकी फोटो फिचरबाटै...

 तस्बीरः  प्रदीप परियार थापा