प्रवास

मलेसियामा नेपाली कामदारको बिचल्ली

मलेसिया ।  आगलागीबाट कम्पनी ध्वस्त भएपछि मलेसियामा कार्यरत ४ सय ८ जना नेपालीको राहदानी जलेर नष्ट भएकोे छ । जोहोरबारु राज्यमा अवस्थितइको सप मार्केटिङमा कार्यरत नेपालीको राहदानी जलेर नष्ट भएपछि बिचल्लीमा परेको कम्पनीमा कार्यरत शैलेन्द्र चौधारीले जानकारी दिए ।

कम्पनीमा कार्यरत अन्य देशका श्रमिकको पनि राहदानी जलेको चौधारीले जानकारी दिए । बैधानिक हैसियत राख्ने राहदानी जलेपछि कम्पनी माकार्यरत नेपाली समस्यामा परेका छन् । मानवीय क्षति नभएपनि सबै कागजपत्र जलेर नष्ट भएको छ ।
 
कम्पनिमा ४ सय १५ जना नेपाली कामदार भए पनि अन्य ७ जनाको राहदानी काम विषेशले कम्पनी बाहिर लगिँदा सुरक्षित रहेको छ । नेपाली कामदार बस्ने १६ वटा होस्टलसमेत जलेर क्षतिग्रस्त भएकाले उनीहरुलाई खान बस्नको समेत समस्या परेको चौधरीले बताए ।
 
कम्पनीप्रशासनले सबै कामदारको भिसा तथा राहदानीको बस्दोबस्त गरिदिने आश्वासन दिएपनि कामदार भने अन्यौलमा छन् । ४३ जना कामदारको साथमा राहदानीको प्रतिलिपी समेत छैन । केहीको नागरिता पनि हराएको हुनाले नयाँ राहदानीबनाउन समस्या देखिएको छ ।
 
आगलागीका कारण खान बस्नमात्र होइन आप्रवासी कामदारले बोक्नैपर्ने परिचयपत्र समेत नहुँदा झनै अप्ठेरो परेको उनीहरु बताउँछन ।
आफुहरु अत्यन्तै समस्यामा परेको भन्दै समस्याको समाधान गरिदिन उनीहरुले मलेसियास्थित नेपाली राजदुतावाससँग अपिल गरेका छन् ।
 
आगलागी भएको कम्पनी मलेसियाभर २ सय भन्दा बढी शाखा भएको सस्तो मार्केट अन्र्तगत पर्दछ । जस्को मुख्य गोदाममा विद्युत सर्ट हुँदा आगलागी भएको यहाँका संचारमाध्यमले जनाएका छन् ।