प्रवास

प्रवासी नेपाली मञ्च नर्वेको दोश्रो महाधिबेशन सम्पन्न

नर्वे । प्रवासी नेपाली मन्च, नर्वेको दोश्रो राष्ट्रिय महाधिबेशन राजधानी ओस्लोमा सम्पन्न भएको छ ।

नेकपा एमाले केन्द्रिय सदस्य एबम् बिदेश बिभाग इन्चार्ज बिन्दा पाण्डेको प्रमुख आतिथ्यमा आयोजित समारोहमा गैह्र–आवासिय नेपाली संघ नर्वेका अध्यक्ष कुमार पन्डित र गैह्र–आवासिय नेपाली संघ इटालीका उपध्यक्ष हेमराज जोशी अतिथी थिए ।

उक्त अधिबेशनमा नर्वे स्थित बिभिन्न सामाजिक संस्थाहरुलका प्रतिनिधिले शुभकामना ब्यक्त गरेका थिए। विश्वाश बजगाइको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा नेत्री पाण्डेले बिदेशमा सिकेको शिप, प्रबिधी र अनुभव बोकेर युवाहरु देश फर्कि पुनर्निर्माणमा जुट्नुपर्ने धारणा राखे ।

अधिबेसनले १३ सदस्यिय नयाँ कमिटी चयन गरेको छ। नयाँ कमिटिको अध्यक्षमा अमर सिंह र महासचिवमा विश्वाश बजगाइ निर्वाचित भएका छन् ।

त्यसैगरी उपाध्यक्षमा ज्ञानेन्द्र ढकाल र सञ्जय ज्ञवाली, सचिवमा अर्जुन ढकाल र कोशध्यक्षमा इश्वर खत्री निर्वाचित भएका छन् । सदस्यहरुमा केशवराज भुषाल, हेम जोशी, लोकेन्द्र कार्की, पदम जोशी, प्रतिक्षा केसी, राजकुमार ढकाल र मान बहादुर घर्ती निर्वाचित भएका छन् । कमिटिको कार्यकाल २ बर्षको हुनेछ।