प्रबिधि

गोलभेडाबाट पनि उत्पादन हुन्छ बिजुली !

काठमाडौं । अब गेलभेडाबाट बिजुली निकाल्न सकिने भएको छ । साउथ डेकोटा स्कुल अफ माइन्स एण्ड टेक्नोलोजीर्की बैज्ञानिक नमिता श्रेष्ठले पत्ता लगाएकी हुन ।

उनले बिग्रिएका गेलभेडाबाट पनि बिजुली निकाल्न सकिने तथ्य पत्ता लगाएकी हुन । श्रेष्ठले साउथ डेकोटा अस्टिटेन्ट प्रोफेसर वेकटरामन्ना गधामशेट्टी र प्रिन्सटन विश्वविद्यालयको रसायन शास्त्रका एक छात्र एलेक्ससंग मिलेर यो तथ्य पत्ता लगाएकी हुन ।

प्रोफेसर गधामशेट्टी अनुसार दुई वर्षको लामो अध्ययनपछि उक्त कुरा पत्ता लागेको बताए । यस अध्ययन २५१ नेशनल मिटिङ एण्ड एक्सपोसिसन अफ अमेरिकन केमिकल सोसायिटीले अमेरिकाको क्यालिफोर्नियाको सेन डियागो शहरमा प्रस्तुत गरिएको थियो ।