न्युयोर्क

न्युयोर्क मा सवारीचालक अनुमतिपत्र को आबेदन अब नेपाली भाषामा उपलब्ध

यादब बास्तोला / न्युयोर्क
न्युयोर्क राज्यमा बस्दै आयका नेपाली समुदायहरु को लामो प्रयास पछी अन्तत मोटर बाहन बिभाग (Department of Motor Vehicle), न्युयोर्कले उक्त बिभागसंग सम्बन्धित फारमहरु नेपाली भाषामा तयार पारेको छ । मोटर बाहन बिभागले उक्त जानकारी औपचारिक रुपमा जून १५, २०१८ मा सिटी काउन्सिल मेम्बर कोस्टालाई गरायको उनका सम्पर्क सयोजक जोय चौधरी ले बताएका छन् ।
मोटर बाहन बिभागका अनुसार 'सिकारु अनुमति पत्र , चालक अनुमतिपत्र वा गैर-चालक परिचय पत्र (एमभी - 44)' का लागि आबेदन नेपाली भाषा मा उपलब्ध छन भने न्युयोर्क सिकारु अनुमतिपत्र, चालक अनुमतिपत्र, र गैर-चालक परिचय पत्र (एमभी - 44.1, एमभी 44N, एमभी-44.1N) हरुको कसरि आबेदन दिने भन्ने कागजातहरु भर्खर मात्र नेपालीमा अनुबाद गरिएको जनाएको छ। एमभी 44N भने बिभागको वेबसाइट https://dmv.ny.gov/forms/mv44n.pdf मा उपलध रहेको र एमभी-44.1N को नेपाली अनुबादलाई पूर्णता दिई सार्बजनिक रुपमा उपलध गराउने जानकारी गरायको छ ।
यसै गरि उक्त बिभागले सवारी साधन चालक अनुमतिका लागि लिईने स्वचालित ज्ञान परीक्षण प्रणाली (Automated Knowledge Test System (AKTS)) लाई समेत नेपाली भाषामा समेत उपलब्ध गराउनको लागि अनुबादका लागि परेका प्रतिस्पर्धी आबेदनहरु को पुनराबलोकन भैरहेको र भविस्यमा छिटै नेपाली भाषा मा उपलब्ध हुने जनायको छ ।
लामो समय देखि उक्त बिभागमा नेपाली भाषाको व्यवस्था गर्न थुप्रै नेपाली समुदाय का अगुवा हरु यस अभियानमा लागि पर्नु भएको थियो । न्युयोर्क डिस्ट्रिक ३८ का एसेम्बली मेम्बर माइकल मिलर ले उक्त बिल लाई अल्बानी मा प्रस्तुत गर्नु भएको थियो भने न्यूयोर्क सहरको डिस्ट्रिक २२ का काउन्सिलम्यान कोस्टा कोन्स्टान्टिनिडेस लगायत डिस्ट्रिक ३० का एसेम्बली सदस्य ब्रायन बर्नेवेल, डिस्ट्रिक ३७ का एसेम्बली सदस्य क्याथरिन नोलन ले उक्त बिल पास गर्न को लागि सिटि काउन्सिल र गर्भ्रनरको कार्यालय ठुलो भमिका खेल्नु भएको थियो ।
न्युयोर्क मोटर बाहन बिभागले नेपाली समुदायसंग संग्लन भै यस बिषय लाई उक्त बिभाग समक्ष उठान गरेकोमा काउन्सिल म्यान कोस्टालाई धन्यवाद समेत दिएको छ । काउन्सिलम्यान कोस्टा इमिग्रेसनहरुको हक अधिकारको पक्षमा वकालत गर्ने डेमोक्राटिक नेताका रुपमा चिनिन्छन् । उहा न्यूयोर्क सहरको डिस्टिक २२ अन्तर्गत पर्ने अस्टोरिया, ज्यान्सन हाईट्सको केहि भाग, उडसाईड र पूर्वीय एल्म्हस्ट को प्रतिनिधित्व गर्नु हुन्छ। पछिल्लो समय नेपालीहरुले पाएको टिपिएस नविकरणको सवालमा पनि उनले खुलेरै वकालत गरेका हुन् । त्यस्तै एल्म्हस्ट हस्पिटलमा नेपाली भाषाको व्यवस्था गराउनका लागि औपचारिक पत्राचार गरी ठोस कदम नै चालेका छन् । नेपाली डायस्पोराका अगुवाहरुसँगको सहकार्य एवं उनीहरुले गरेका मागहरुलाई सधै प्राथमिकताको साथमा उठाउने गरेका काउन्सिल म्यान कोस्टा नेपाली अमेरिकन समुदायका लागि आशावादी नेताका रुपमा स्थापित हुँदै आएका छन् ।