समाचार

मोदीले लेखे – ‘ धेरै पुरानो इच्छा पुरा भयो’

काठमाडौं, २८ बैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरमा पुजा पछि आगन्तुक पुस्तिकामा आफ्नो लामो समयदेखि जनकपुरधामको तिर्थयात्रा गर्ने धोको पुरा भएको लेखेका छन्  ।
उनले हिन्दीमा लेखेका छन्- ‘जनकपुर धामकी यात्रा करनेकी मेरी बहुत पुरानी इच्छा आज पुरी हुई। भारत और नेपालके लोगो के दिलो मे विशेष महत्व रख्नेवाले इस तीर्थस्थल की यात्रा मेरे लिए एक यादगार अनुभव है ।’
उनले नेपाल सरकार र जनकपुरबासीलाई पनि आफ्नो स्वागतकालागि धन्याद दिएका छन् । उनले दुवै देशका सबै लाई शान्ती समृद्धी र प्रगतिको शुभकामना दिएका छन् ।