राजनीति

रामायण सर्किटको संयुक्त उद्घाटन

जनकपुर, २८ बैशाख । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा भव्य स्वागत गरिएको छ । जानकी मन्दिरमा  पूजा आरधना र रामायण सर्किटको उद्घाटनपछि अभिनन्दनस्थल बाह्रबिघा मैदानतर्फ लागेका छन् । 
जानकी मन्दिरमा करिब २० मिनेट पूजा आरधनापछि जानकी मन्दिर परिसरमा मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले संयुक्त रुपमा जनकपुर–अयोध्या सिधा बससेवा (रामायण सर्किट) को उद्घाटन गरेका थिए । 
बस सेवाको उद्घाटन गर्दै दुवै देशका प्रधानमन्त्रीले दुई देशबीच र जनताबीच सम्बन्ध सुदृढ पार्र्ने विश्वास व्यक्त गरे । बाह्रविघा मैदानमा भारतीय प्रधानमन्त्रीलाई जनकपुर उपमहानगरपालिकाको तर्फबाट नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । त्यसपछि मोदी काठमाडौँका लागि प्रस्थान गर्नेछन् । 
नेपाल शुखीः प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै भने–‘जानकी जन्मभूमि, पुण्यभूमिमा नेपाल सरकारको तर्फबाट, प्रदेश र नगर र सिंगै नेपाली जनताको तर्फबाट अभिभादन गर्दछु ।’ उहाँको भ्रमणबाट हामी र नेपाल खुशी भएको छ । 

परापूर्व कालदेखि नेपाल–भारतबीच धार्मिक सास्कृतिक सम्बन्ध रहीआएको र उहाँको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले–‘हामी जनकपुर भन्नेवित्तिकै शिवको धनुष, विद्धवान विदुषी सम्झन्छौँ । शास्त्र, दर्शन धर्ती विनास सृष्टिकाबारेमा पहिलेदेखि नै छलफल हुन्थे । जनकपुर भन्ने वित्तिके गुरु बाल्मीक र लबकुश खेलेको ठाउँ र सीताले विताएको अवस्थाको सम्झना आउँछ । आज खुशीको कुरा हो । अव पवित्र जन्मभूमि राम र जानकीको विवाह भएको ठाउँ, सिताले जन्म र शिक्षादिक्षा लिएको पवित्र ज्ञानभूमिमा भारतीय प्रधानमन्त्री मोदी आउनु भएको छ ।’