समाचार

राजा प्रताप मल्लको शालिक फेरि हनुमानढोकामा

काठमाडौं, १० बैशाख ।  राजा प्रताप मल्लको प्रतिमा (शालिक) मंगलबार हनुमानढोका दरवार अगाडि पुन:स्थापित गरिने भएको छ।  तीन बर्षअगाडिको भूकम्पबाट क्षतिग्रस्त भएपछि सो प्रतिमा त्यत्तिकै थन्क्याएर राखिएको थियो। हनुमानढोका दरबार हेरचाह अड्डा बिकास समितिले क्षतिग्रस्त प्रतिमालाई मर्मत गरी पुनस्थापना गर्न लागेको हो। शालिक पुनस्थापना भोलि विहान ११ बजे गरिने कार्यक्रम तय भएको छ। 
सुनको मोलम्बा (जलप) लगाइएको राजा प्रताप मल्लको प्रतिमा ३ सय ५० बर्षअघि बिसं १७२७ भाद्रमा बसन्तपुर दरवार अगाडि अग्लो स्तम्भमाथि राखिएको थियो। तर, १२ बैशाख २०७२ को भूकम्पबाट सो प्रतिमा भुइँमा झरेपछि त्यत्तिकै थन्क्याइएको थियो।
खासमा हनुमानढोका दरवारको निर्माण पनि राजा प्रताप मल्लले नै गरेका हुन्। तर जयप्रकाश मल्लको पालामा पृथ्वीनारायण शाहले काठमाडौं कब्जा गरेर आडैमा ९ तले दरवार गरेपछि त्यो बसन्तपुर दरवारको नामले चिनि थालेको हो।