समाचार

प्रमुख निर्वाचन आयुक्त यादवको घरमा बम विष्फोट

काठमाडौं, १० बैशाख । ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको घरमा गएराति शंकास्पद वस्तु विस्फोटन भएको छ । अज्ञात समूहले गराएको भनिएको उक्त विष्फोटनबाट कुनै मानवीय क्षति भने नभएको नेपाल प्रहरीले जनाएको छ ।
विष्फोटबाट पर्खाल भत्किनुका साथै झ्यालका सिसा फुटेका छन् । घटनास्थलमा थप दुई शंकास्पद वस्तु भेटिएकाले नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको महानगरीय प्रहरी कार्यालय, ललितपुरले जनाएको छ ।
बम विस्फोटको विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ भने घटनास्थल आसपासको सुरक्षा चेकजाँच कडा बनाइएको छ ।