समाचार

विदेशी भूमीमा चम्किँदै दुई नेपाली चेली

काठमाडौं, ३० चैत ।  विदेशी भूमि माल्दिभ्समा दुई नेपाली चेली सावित्रा भण्डारी र अतिा बस्नेतले शानदार प्रदर्शन जारी राखेका छन् । माल्दिभ्समा जारी १८÷३० महिला फुटसल फिस्टामा उनीहरुको प्रसंशनीय प्रदर्शनकै कारण पुलिस क्लब फाइनलमा पुग्न सफल भएको छ । विहीबार भएको खेलमा फेनाकालाई ५–२ गोल अन्तरले पराजित भयो । जसमा सावित्राले ह्याट्रिक गरिन् भने अर्की नेपाली चेली अनिताले २ गोल गर्न सफल भएकी थिइन् ।
प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सोमबार हुनेछन् । नेपाली चेली सम्मिलित पुलिस क्लबले फाइनलमा एमपिएलको सामना गर्नेछ । 
पुलिसका लागि अनिताले पहिलो र अन्तिम गोल गरेकी थिइन् भने सावित्राले त्यसबीचमा ह्याट्रिक पुरा गरेकी थिइन् । अनिताले पहिलो गोल २८ औं र व्यत्तिगत दोस्रो गोल ६० औं मिनेटमा गरिन् । सावित्राले ३ मिनेटमा ह्याट्रिक पुरा गरेकी थिइन् । ४७ औं मिनेटमा २ गोल गरेकी सावित्राले ५० औं मिनेटमा अर्को गोल थरेकी थिइन् ।
यसअघि कस्टम आरसीलाई ९–१ ले हराउँदा सावित्रा र अनिता दुवैले ह्याट्रिक गरेका थिए । उक्त खेलमा सावित्राले ५ र अनिताले ४ गोल गरेकी थिइन् । फाइनलसम्म आइपुग्दा सावित्राले १९ र अनिताको ८ गोल गरेका छन् । 
माल्दिभ्समा सावित्रा र अनिताको यो दोस्रो सिजन हो । गत सिजन उनीहरुले माल्दिभ्स एयरपोर्ट कम्पनीबाट खेलेका थिए ।