समाचार

एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

काठमाडौं, ४ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाकाे सम्पूर्ण तयारी पूरा भएकाे छ । यस वर्षकाे लागि १ एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ। आइतबार राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलनको आयोजना गरी परीक्षाको तयारी पूरा भएको जानकारी दिएको छ। परीक्षा सञ्चालका लागि १ हजार ९५६ केन्द्रध्यक्ष, २ हजार ४५० सहायक केन्द्रध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी परिचलन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो।
यही चैत आठ गतेदेखि सञ्चालन एसइई परीक्षामा ४ लान ८५ हजार ५८६ विद्यार्थी सहभागी हुँदैछन्। परीक्षा तालिकाअनुसार चैत ८ र ९ गते अनिवार्य अंग्रेजी र नेपाली, १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान, १४ गते सामाजिक अध्ययन, १५ गते अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरण, १६ गते ऐच्छिक प्रथम र १७ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ।