विश्व

राष्ट्रपति चुनाव हस्तक्षेपको आरोपमा रुसविरुद्ध अमेरिका

अमेरिका, ४ चैत । अमेरिकी प्रशासनले रुसमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँगको सम्बन्ध प्रगाढ बनाउने धेरै प्रयास गरिसकेको भएपनि वासिङटनले यसपटक रुसविरुद्ध अहिलेसम्मकै कडा कारबाही गरेको रोयटर्सले जनाएको छ । 
साइबर हमला र २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेपको आरोपमा यसअघि एफबीआईका प्रमुख रोबर्ट मुलरले १९ रुसी नागरिकको नाम सार्वजानिक गरेका थिए । 
बिहीबार प्रशासनले तिनै १९ दोषीहरु लगायत अन्य दुई प्रमुख अधिकारीमाथि पनि नयाँ प्रतिबन्ध जारी गराउने घोेषणा गरेको हो । यसअघि मस्काउ विरुद्ध कारबाही गर्न ट्रम्पले धेरै गाह«ो मानिरहेपछि उनीमाथि अमेरिकी अधिकारीहरुले नै विभिन्न प्रश्न उठाएका थिए । तरपनि पहिलोपटक अमेरिकाले आधिकारिक रुपमै साइबर हमलाका लागि रुसलाई दोषी ठहर गरेको छ । 
नयाँ कारबाही अन्र्तगत इन्टरनेट रिसर्च एजेन्सीमा प्रतिबन्ध लगाइने बताइएको छ जसमार्फत यसअघि रुसले सामाजिक संजालको सहयोगमा अमेरिकी चुनावमा हस्तक्षेप गरेको बताइएको छ । साथै सार्वजानिक भएका सबै रुसी नागरिकमाथि अमेरिका भ्रमणमा प्रतिबन्ध र त्यहाँका सम्पति समेत रोक्का हुने बताइएको छ । 
यो भन्दा अगाडि भने ट्रम्पले रुसविरुद्धको कदमले दुई देशबीचको सम्बन्धमा फेरि नयाँ समस्या उत्पन्न हुने बताउँदै कारबाही प्रक्रियाबाट पछि हट्न खोजेका थिए ।