खेलकुद

मैदामै छिरेर फ्यानहरूले खेलाडी कुटेपछि (भडियो सहित)

 मैदामै छिरेर फ्यानहरूले खेलाडी कुटेपछि (भडियो सहित) 

एजेन्सी, २८ फागुन । फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार बेलुका भएको खेलको क्रममा लिलेका फ्यानले मैदानमा गएर आफ्नै टिमका खेलाडीलाई कुटेका हुन् । यो खेलमा लिले मोन्टेलियरसँग १–१ को बराबरीमा रोकिएको थियो ।
खेलको अन्तिममा लिलेका फ्यान मैदानमा गएर आफ्ना केही खेलाडीलाई किक प्रहार गरेको टिभी फुटेजमा देखिएको छ ।

फ्रन्चे लिगका अधिकारीले यो घटनाका सम्बन्धमा अनुसन्धान सुरु भएको जनाएका छन् । पछिल्लो पटक सन् २०११ मा लिग वानको उपाधि जितेको लिले यो सिजन अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ ।