प्रवास

६ नेपाली महिला कामदारकाे लेवनानबाट उद्दार

लेवनान, फागुन ।  नेपाली दूतावास इजिप्टले लामो समयदेखि लेबनानमा अवैधानिक रुपमा बस्दै आएका ६ नेपाली महिला कामदारलाई उद्धार गरी स्वदेश फिर्ता पठाएको छ । दूतावासले आइतबार एक विज्ञप्तिमार्फत सो कुराको जानकारी दिएको हो ।
अवैधानिक रुपमा काम गर्ने तर नेपाल जान चाहेर पनि त्यहाँको सरकारको अध्यागमन कानुन उल्लङ्घन गरेबापतको छानबिन र फर्कनका लागि अन्तिम स्वीकृति प्राप्त गरेपछि मात्र तोकिएको जरिवाना तिरी नेपाल फर्कने स्वीकृति प्राप्त गरेको दूतावासले जनाएको छ ।
दूतावासले लेबनानको अध्यागमन निकाय, गैरआवासीय नेपाली संघको समन्वयनमा ती कामदारलाई स्वदेश फर्काएको हो ।
यसअघि पनि दूतावासले ११ महिला कामदारलाई स्वदेश फर्काएको थियो । जरिवाना तिरेर नेपाल फर्कन चाहने महिला कामदारको संख्या उल्लेख्य रहेको जनाइएको छ ।