मनोरंजन

थाइल्याण्डमा होलीसँगै मैत्रीपूर्ण फूटबल र ग्लोबल मोसन अवार्ड

काठमाडौं, फागुन । थाइल्याण्डमा आगामी फागुन १८ गते हुने ग्लोबल मोसन पिक्चर्स अवार्डका क्रममा हुने कलाकारहरुको होलीसँगै मैत्रीपूर्ण फूटबलका लागि नेपाली कलाकार तथा प्राविधिक सहितको टोली आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ । कार्यक्रमको लागि यस अघि नै कार्यक्रमको ट्रफी र जर्सी सार्वजनिक भएको थियो । एन्फा कम्प्लेक्स सातदोबाटोमा कलाकार धिरेन शाक्य, कार्यक्रम अध्यक्ष रामबहादुर सुवेदी९ आर।के०, निर्माता तथा खेलका जर्सी प्रायोजक अमृत तामाङ, निर्माता निरञ्जन ठाकुर, अञ्जना राई ९ठाकुर०, नेसनल टिमका कोच राजुकाशी शाक्य, निर्माता सुवाश थापा लगायतले संयुक्तरुपमा ट्रफीसँगै जर्सी सार्वजनिक गरेका हुन् ।

सधैं आम दर्शकलाइ मनोरञ्जन प्रदान गर्ने पर्दा आगाडि तथा पर्दा पछाडिका फिल्मी कलाकार, थियटर कलाकार, मोडेल, निर्माता र हल व्यवसायीको रमाइलो ग्लोबल घुमघाम कार्यक्रम हुने अयोजक सुवेदीले बताए । अवार्ड आयोजना गरेरै गिनिज बुक वर्ड रेकर्ड कायक गरी गत वर्षदेखि विस्व भ्रमण विशिष्ट नागरिक सम्मान कार्यक्रम लिएर विश्व भ्रमण अभियानमा लागेका सुवेदीले कलकर्मीहरुको रमाइलो ग्लोबल घुमघामको अवसरमा थाइल्याण्डमा आगामी फागुन १८ गते हुने ग्लोबल मोसन पिक्चर्स अवार्ड कार्यक्रमको आयोजना हुन लागेको बताए । गुड मिल अमृत निर्माण सेवा प्रालिले प्रायोजन गरेको जर्सी लगाएर चार दर्जन बढी प्राविधिक, कलाकार, निर्माता, मोडेल, हल व्यवसायी, थियटर कलाकार थाइल्याण्डको सामुहिक होलीमा रमाउनुका साथै मैत्रीपूर्ण फुटबल खेल्नेछन् । 

आगामी फागुन १८ गते अर्थात फागू पर्णिमालाई लक्षित गरी थाइल्याण्डमा ग्लोबल मोसन पिक्चर्स अवार्डको आयोजना हुन लागेको हो । उक्त अवार्ड तथा मैत्रीपूर्ण खेलकुदका लागि आयोजक सुवेदी लगायत कलाकारहरु धिरेन शाक्य, सुमन सिंह, निर्माता संगीता चौलागाई लामिछाने, सुरज सिंह, राजेशकुमार शाह, मोडल पप्पु सिंह, सुरज खड्का, निर्माता केदार ढुंगाना, सन्नी शाक्य, दीपेन्द्र ढुंगाना, विकाश शाक्य, जोनस खोजु, मोडल रुपा लामा, राजकुमार केसी, देवेन्द्रमान सिंह, तीलबहादुर कार्की, थेटर कलाकार अमिषा बस्नेत, नायिका सीमा केसी, नायक सोहित मानन्धर, बरिष्ठ गीतकार तथा डिजाइनर सुन्दर श्रेष्ठ, निर्माता बसन्तकुमार श्रेष्ठ, निर्माता प्रितम लामिछाने, हल व्यवसायी सुरेन्द्र तण्डुकार, दुर्गालाल प्रधान, निर्माता कलाकार राजु श्रेष्ठ, निर्माता अमृत तामाङ, निरञ्जन ठाकुर र सुवाश थापा लगायत चार दर्जन बढी कलाकार त्यसतर्फ जाँदैछन् । 

जर्सी सार्बजनिक कार्यक्रम पछि एन्फा ग्राउन्ड ललितपुर सातदोबाटोमा बालबालिकालाई विशेष सहयोग जुटाउने उद्देयले ब्रिटिस लाहुरे९युके०विरुद्ध कलाकारहरुले रमाइलो मैत्रीपूर्ण फूटबल समेत खेलेका थिए । खेल टाइबेकरमा कलाकारको टोलीले ५–४ गोल अन्तरले जित हात पारेको थियो ।