मनोरंजन

साम्राज्ञी भन्छिन्– ‘थाहै भएन...’

काठमाडौं, फागुन । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’मा समावेश ‘थाहै भएन’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द,संगीत तथा श्वर स्वपन सुमनको रहेको छ ।

कोरियोग्राफर रेनषा वान्तवा राईले पहिलो पटक निर्देशन रहेको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को ७५ प्रतिशत छायाँकन पूरा भएको छ । नेपालको सबै र युके छायाँकन चलचित्रको बाँकी २५ प्रतिशत, बसन्त ऋतुको अवसर पारेर चैत, बैशाखमा युकेमै छायाँकन गरिनेछ । पहिलो तालिका अन्तर्गत डिसेम्बरमा युके ‘फेस्टिभ’ सिनहरु खिचिएका छन् । 

आई कोर फिल्मस्को व्यानरमा ‘इन्टु मिन्टु लन्डनमा’लाई प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराले निर्माण गरेका हुन् । रोमान्टिक लभस्टोरी जनराको चलचित्रमा साम्राज्ञीसँगै धिरज मगर, सरुक ताम्राकारको पनि मुख्य भूमिका छ । अभिमन्यु दिक्षित र रेनषाको लेखन, शैलेन्द्र धोज कार्कीको छायाँकन टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।