समाचार

गुन्डा नाइके मनोज पुन मारिए

काठमाडाैं, ९ फागुन । गुन्डा नाइके मनोज पुनसहित दुई जना प्रहरी इन्काउन्टरमा मारिएका छन् । रुपन्देहीको देवदहमा पुनसँगै उनका सहयोगी सोम आले पनि मारिएकाे प्रहरीले बताएकाे छ । सोम आले मनोज पुनका सहयोगी रहेकाे बुझिएकाे छ । 
एसएसपी दीपक थापाका अनुसार उनीहरु नेपाल आएको सीआईबी र नेपाल प्रहरीको संयुक्त टोलीले पत्ता लगाएपछि सर्च अभियान चलाइएको थियो । सोही क्रममा देवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीलाई आक्रमण गर्दै भाग्न खोजेपछि जवाफी कारबाहीमा मारिएको थापाले जानकारी दिए ।
घटनास्थलमा गोली लागेर घाइते भएका दुबै जनालाई तत्काल उपचारको लागि लुम्विनी अञ्चल अस्पताल बुटवलमा लगिएको थियो । उनीहरुको अाज विहान अस्पतालमा मृत्यु भएको हो ।
कुख्यात गुण्डा नाइके मनोज पुन प्रहरीको मोस्टवान्टेड सूचीमा थिए । उनले युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मा लिएका थिए । साथै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि उनकै संलग्नता रहेको बताइन्छ ।
इन्काउन्टरमा मारिएका पुन र अालेको शव अहिले पोस्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पतालस्थित पोस्टमार्टम गृहमा राखिएको छ ।