मनोरंजन

‘ग्लोबल मोसन पिक्चर्स अवार्ड’ कस्तो छ तयारी ?

काठमाडौं, फागुन । आगामी फागुन १८ गते अर्थात फागू पर्णिमाको अवसर पारेर थाइल्याण्डमा हुन लागेको ग्लोबल मोसन पिक्चर्स अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । अवार्ड आयोजकले काठमाडौंमा गरेको कार्यक्रममा ट्रफी सार्वजनिक गर्दै तयारी पूरा भएको जानकारी दिएको हो । प्रजातन्त्र दिवसको अवसर पारेर गत सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी ट्रफी सार्वजनि गरिएको थियो । 
ट्रफीका डिजाइन सुन्दर श्रेष्ठले गरेका हुन् । नेपाली जनता र राष्ट्रियतालाई लक्षित गरि राष्ट्रिय झन्डा अंकित पृथ्वीको नक्सासहितको आकर्षण र अर्थपूर्ण ट्रफी बनाएका छन् । उनले नेपाल राष्ट्र बंैकका नोट डिजाइन गर्नुका साथै दुई हजारभन्दा वढी नेपाली चलचित्रको पोष्टर समेत डिजाइ गरिसकेका छन् । कार्यक्रमा वरिष्ठ हल व्यवसायिक एवं निर्माता वसन्त कुमार श्रेष्ठ, हिरारत्न हलका सञ्चालक रविन्द्र तन्डुकार, त्यसैगरी नेपालको एक मात्र पुरानो हलका सञ्चालक दुर्गलाल प्रधान र स्वयं ट्रफी डिजाईनर सुन्दर श्रेष्ठले ट्रफी सार्वजनिक गरेका हुन् । 
कुनै पनि क्षेत्रमा दत्तचित्त भएर निरन्तर रुपमा लागि परेका अग्रज स्रष्ट्राहरुलाई सम्मान, भावी पुस्ताहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका अवार्डको आयोजना गर्न लागिएको बक्स ग्लोबल एक्टर्स फेडरेशनका अध्यक्ष रामबहादुर सुवेदी (आर.के)ले बताए । कार्यक्रमको व्यवस्थपनमा भने बक्स अफिस इन्टरनेशनल ग्रुप तथा बक्स अफिस फिल्म फेयर अवार्डले गर्दैछन् । ट्रफी सार्वजनिक कार्यक्रमा अवार्ड गरेरै गिनिज बुक अफ् द वल्र्ड रेकर्डमा समेत नाम लेखाई हाल पृथ्वी परिक्रमाको अभियानमा रहेका सुवेदीले सभापतिको मञ्चबाट बोल्दै यस अवार्ड कार्यक्रमले नेपाली चलचित्रको क्षेत्रमा नयाँ आयाम थप्ने बताए । 
कार्यक्रममा वोल्दै डिजाईनर श्रेष्ठले आफूले सिर्जना गरेका हरेक डिजाइनहरु संसारमा कतैपनि मिल्न नजाने भएकोले यस अवार्डको लोगो पनि कतै नमिल्ने वताए । त्यस्तै, कार्यक्रममा निर्माता वसन्तकुमार श्रेष्ठले आफूले अहिलेसम्म एक दर्जनभन्दा वढी चलचित्रहरु निर्माण गरेर आम दर्शकको मन जित्नुका साथै सिनेमा हललाई विगतदेखि वर्तमानसम्म निरन्तरता दिएकोे उच्च मूल्यांकन गर्दै यस गरिमामय अवार्डको थाईल्याण्डमा निमन्त्रणा गरेकोमा आभार प्रकट गरे । त्यसैगरी अर्का हल व्यवसायी रविन्द्र तन्डुकारले आफू चलचित्र क्षेत्रमा तीन दशकदेखि लागि परेता पनि खासै कुनै पनि चलचित्र सम्वन्धि कार्यक्रममा सहभागी हुन नपाए पनि अवार्ड आयोजक सुवेदीको निरन्तरता र लगाव छ, त्यसले आफूलाई अत्यन्तै प्रभाव पारेको बताए । कार्यक्रमका अर्का अतिथि नेपालको एकमात्र हाइभिजन हलका संस्थापक प्रधानले सुवेदीको कामको प्रसंशा गर्दै अवार्ड कार्यक्रम भव्य बनाउन सुझाव दिए । हरेक विधाहरुलाई समेटेर अवार्ड प्रदान गर्नु चलचित्र क्षेत्रका लागि नै गौरवको विषय भएको बताए । 
सुवेदीले निरन्तर राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड, ब्लक वस्टर नेपाली चलचित्र अवार्ड र विश्व भ्रमण विशिष्ट नागरिक सम्मान कार्यक्रम लगायतका अवार्डसमेत गर्दै आएका छन् । यो अवार्ड भने अघिल्ला अवार्डभन्दा नितान्त फरक, मौलिकता र राष्ट्रियता बोकेको अवार्ड हुने आयोजक सुवेदीले बताए । उनले अवार्डको सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिए । अवार्ड अगावै फागुन १७ गते पतैया ब्रिजमा होली विशेष कार्यक्रमको आयोजना गरिने र १८ गते नै बैककमा कलाकार र निर्माताको मैत्रिपूर्ण फूटवल आयोजना समेत गरिने उनले बताए ।