राजनीति

प्रकृतिलाई मानवमैत्री वातावरण बनाउँछु : मन्त्री पण्डित

काठमाडौं,  फागुन । जनसङ्ख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नेपालको प्रकृतिलाई मानवमैत्री वातावरण बनाउने उद्घोष गरेका छन् ।  आज रिपोर्टस क्लवमा वागमती बचाउ अभियान नेपाल राधिका ट्रस नेपालद्वरा अयोजना गरिएको सम्मान कार्यक्रममा बोल्दै मन्त्री पण्डितले भने ‘फाहोर गर्नेलाई स्पोर्टमा नै डण्डा हान्नु पर्छ ।’  जनता र राष्ट्र प्रति जहिले पनि अहोरात्र खटि देश विकासमा लाग्ने बताएका छन् । 

त्यस्तै कार्यक्रममा वोल्दै महिला तथा वालवालिका मन्त्री थममाया थापाले जनताको आशालाई निराशा नवनाउने बताएकि छिन् । उनले आगामि दिनमा अझ वढी जनमुखी कार्यहरु गर्दै जाने बताएकि छिन् । कार्यक्रममा वोल्दै राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सीनाले मन्त्री लालबाबु पण्डितले नेपाली जनताको मनमुटुको कार्य गरी नेपाली जनताको नेताको रुपमा रहेको उल्लेख गरेकी छिन् । आयुक्त तिम्सीनाले मन्त्रीलाई खादा तथा मालाले सम्मान मात्र गरेको नभई त्यो माला र खादाले मन्त्रीलाई देश विकासको निम्ती कार्यभार थप गरी थिचेको समेत जानकारी गराएकि छिन् । 

कार्यक्रको संयोजक राधिका पोखरेलले सवै नेपाली जनताले सामाजिक भावनाको विकास गर्नुपर्ने धारणा राखेकी छिन् । उनले कुनै एउटा पार्टीको नेताले भन्दा समग्र जनताको समाजसेवी नेताले जीत हासिल गर्नुपर्ने र अहिलेको चुनावमा समाजसेवी नेताले विजय हासिल गर्नु भएकोमा खुसी व्यक्त गरेकी छिन् ।

उनले जग्गाको व्यवस्थापन भएको खण्डमा काठमाडौंमा चाइल्ड केयर संचालन गर्ने योजना रहेको र त्यसमा सहयोग गर्न नेपाल सरकारका मन्त्रीहरुलाई आग्रह समेत गरेकी छिन् । उनले समाजसेवा नै आफ्नो धर्म रहेको जनाउँदै आफुले जीवनमा कमाएको ८० प्रतिशत रकम समाज सेवाको क्षेत्रमा नै समर्पित गर्ने उद्घोष गरेकी छिन् ।