विश्व

फ्लोरिडाको एक स्कूलमा गोली चल्यो, १७ जना मारिए

अमेरिका, ३ फागुन । अमेरिकाको फ्लोरिडा राज्यमा एक स्कूलमा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार निकोलस क्रुजले गोली हानेका थिए । उनी उक्त विद्यालयबाट निकालिएका पूर्व विद्यार्थीसमेत हुन् । विद्यालयमा रहेका विद्यार्थी कक्षाकोठामा लुकेर बसेका थिए । गोली हान्ने उक्त युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
अहिलेसम्म १४ जनाको शनाखत भएको भए पनि जानकारी नगराइएको बताइएको छ । उक्त स्कुलमा अध्ययन गर्ने विद्यार्थीका बुबाआमा प्रहरी परिसरमा जम्मा भएका छन् ।राष्ट्रपति डोनाल्ड ट्रम्पले पीडित परिवारलाई सान्त्वना दिएका छन् ।