समाचार

बाख्रा हेर्न गएकी बालिका बलात्कृत

लमजुङ, ३ फागुन । लमजुङमा सुस्त मनस्थितिकी एक बालिका बलात्कारमा परेकी छन् ।  ११ बर्षीया बालिकालाई बनेपा धुलिखेल स्थायी घर भई हाल राइनास नगरपालिका ६ बस्ने ५६ बर्षीय ज्ञानबहादुर लामाले जबरजस्ती करणी गरेको लमजुङ प्रहरी प्रमुख डीएसपी पदमबहादुर विष्टले बताए ।
बुवासँग बाख्रा हेर्न गएकी बालिकालाई मदिरा सेवन गरेका लामाले मंगलबार दिउँसो करिब १ बजे करणी गरेको प्रहरीले जनाएको छ ।
३० बर्षलेदि राइनासमा मजदुरी गर्दै आएका लामालाई साँझ साढे ५ बजे पक्राउ गरिएको हो ।आजको अन्नपूर्ण पोस्टमा यो खबर  छापिएको छ ।