विश्व

दक्षिण अफ्रिकामा राजनीतिक संकट

अफ्रिका, २ फागुन । (एजेन्सी)– दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमालाई राजीनामा गर्न उनको पार्टी अफ्रिकन नेसनल कांग्रेसले दिएको आदेश अस्वीकार गरेपछि त्यहाँ राजनीतिक संकट गहिरो भएको छ ।
दी गार्जिएनको अनलाइन संस्करणमा मंगलबार प्रकाशित समाचारअनुसार भ्रष्टाचारका मामिलामा आरोप लागेपछि पार्टीले उनलाई विशेष अधिवेशन बोलाएर राष्ट्रपति जुमालाई ’फिर्ता बोलाउने’ निर्णय गरेको थियो । उनले राजीनामा नगरेमा संसद्को अधिवेशन बोलाएर अविश्वासको प्रस्ताव पारित गर्नुपर्ने हुन्छ । तर, अहिलेसम्म अविश्वासको प्रस्ताव कहिलेसम्म पेस गरिने हो भन्ने कुनै निर्णय नभएको पार्टीका महामन्त्री एस मागासुलेले बताएको समाचारमा उल्लेख छ । 
राष्ट्रपति जुमालाई राजीनामा गर्न समयावधि तोकिएको छैन । यसरी अवधि नतोक्नु र अविश्वासको प्रस्तावका बारेमा निर्णय नहुनुलाई पार्टीभित्र संकट बढेको उदाहरणका रूपमा लिइएको छ ।