खेलकुद

डिभिजन १ को ढोका खोल्न नेपालले क्यानडालाई जित्नैपर्ने दबाब

काठमाडौं, २ फागुन । नामिवियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को अन्तिम खेलमा आज नेपालले क्यानडाको सामना गर्दैछ ।  खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजेपछि हुनेछ । डिभिजन २ को शीर्ष दुईमा स्थान बनाउन नेपालले आजको खेल जित्नैपर्ने दबाब रहेको छ । क्यानडासँग पराजित भएको खण्डमा नेपाल डिभिजन–२ मै रहनेछ ।

मंगलबार आयोजक नामिवियाले केन्यालाई पराजित गरेपछि नेपाल नेटर रन रेटमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ । बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाली टोलीको ब्याटिङ पक्ष भने निकै खराव देखिएको छ । नेपालले आजको खेलमा जित हात पार्न ब्याटिङमा सुधार गर्नुपर्ने आवश्यक छ ।

नेपालले खेलका चार खेलमध्ये पहिलो खेलमा आयोजक नामिवियालाई १ विकेटको जित हात पारेको थियो भने दास्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो । त्यस्तै तस्रो खेलमा यूएईविरुद्ध ४ विकेटको जित हात पारेको नेपालले केन्याविरुद्ध पनि ३ विकेटको जित हात पारेको थियो । यता, क्यानडाले डिभिजन–२ मा उच्च प्रदर्शन गरिरहेको छ । क्यानडाले आफ्नो पहिलो खेलमा ओमानलाई ८ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा युएईंलाई २३ रनले पराजित गर्दा केन्यालाई ५९ रनले पराजित गरेको थियो ।

नामिवियासँग भने १७ रनले पराजित भएको थियो । एक दिवसीय क्रिकेटमा नेपाल र क्यानडाले मात्र दुई खेल खेलेका छन् । दुवै टोलीले समान १–१ खेल जितेका छन् । २०१४ को विश्वकप छनोटमा नेपाल क्यानडासँग १२ रनले पराजित भएको थियो । तर, २०१५ को डिभिजन–२ मा नेपालले बदला लिँदै क्यानडामाथि ७ विकेटले हराएको थियो ।