मनोरंजन

रुपा भन्छिन्– कथाले मागेको दिन्छु

काठमाडौं, २८ माघ ।  चलचित्र तथा मोडलिङमा सक्रिय रुपा लामा कथाले मागेपछि कुनै कन्जुस्याई विना अभिनय गर्न रुचाउँछिन् । मकवानपुरको मनहरी ४ मा बि.स.२०५० बैशाखमा जन्मिएकी रुपा लामा अहिले चलचित्र भन्दा पनि बढी मोडलिंगमा लगाव राख्छिन् । 

कक्षा ११ मा पढ्दा–पढ्दै जापानिज भाषा सिक्न काठमाडौं आएकी रुपाले यो क्षेत्रमा करियर बनाउने सोचेकी पनि थिइनन् । उनका दाजु बिरु लामा र पेमा लामाले तामांग फिल्मका निर्देशक निमा लामासंग चिनजान गराए पश्चात उनै निमा तामांगको फिल्म ‘दोर्जे हारान्बा याला कर्म’ मा मुख्य नायिका भएर खेल्ने अवसर प्राप्त गरिन् ।   विस्तारै विस्तारै उनलाई अभिनयको मोह बढ्न थाल्यो । त्यसपछि उलने ‘द कलेज’ नामक चलचित्रमा अभिनय गरिन् । उक्त फिल्मलाई स्कुल कलेजका बिध्यार्थीहरुले निकै रुचाए पनि उनीमा पनि चलचित्र प्रतिको मोह बढ्दै गयो । उनले जापान जाने सपना त्यागेर चलचित्रमै जम्न थालिन् । उनले फिल्मी क्षेत्रमा नभएर म्युजिक भिडियोमा समेत मोड्लिग गर्न थालिन् । आकांक्षा बस्यालको ‘मेरी माया’ बोलको गीतबाट मोडलिङ थालेकी उनले करिब डेड दर्जन भन्दा बढीमा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । नेपाल टेलिभिजनको हास्य शृंखला ‘हाक्काहाक्की’मा समेत उनले केही महिना अभिनय गरेकी थिइन् । 
मिस हेरिटेज क्विनको उपाधि समेत हात पारेकी रुपाले यु ट्युब च्यानलमा हेर्न सकिने हास्य शृंखला ‘जेति डन’मा समेत अभिनय गरिरहेकी छिन् । चाडै उनी अर्को एउटा तामांग फिल्मको सुटिंगको तयारीमा समेत रहेको रुपमाले जनाएकी छिन् । नेपाली चलचित्रमा भन्दा उनले आफ्नो भाषा भाषीका चलचित्रमा बढी अभिनय गरेकी रुपाले मातृभाषी चलचित्रलाई सरकाले समेत विभेद गर्ने गरेको गुनासो गर्दै आएकी छिन् । 
उनले भनिन् ‘हाम्रो संस्कृति र हाम्रो परम्परालाई कुनै सांस्कृतिक सम्प्रदायसँग तुलना गरेर कमजोर बनाउने कुचेष्टा गरिन्छ । मातृभाषाको जर्गेना गर्ने कलाकारहरुलाई फरक तरिकाले हेर्नु दुर्भाग्य हो । यसले नेपाली समग्र चलचित्र क्षेत्रको विकासलाई समेत असर गरिरहेको हुन्छ ।’ चलचित्रको कथावस्तु अनुसार आफूले अभिनय गर्दै आएको भन्दै आगामि दिनमा पनि भाषाभाषीका चलचित्रमा मात्र नभएर नेपाली चलचित्रमा पनि छलाङ मार्ने उनको दाउ रहेको छ ।