खेलकुद

डिभिजन टू क्रिकेट : नेपाल र नामिविया भिड्दै

काठमाडौं, २५ माघ ।  आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता अन्तर्गत पहिलो खेलमा आज नेपालले आयोजक नामिबियाको सामना गर्दैछ ।  नेपाली समय अनुसार दिउँसो १ बजेपछि नामिवियाको अफ्फिज पार्क मैदानमा खेल शुरु हुनेछ । डिभिजन–२ कै लागि नेपालले एक साता युएईंमा प्रशिक्षणसहित ३ वटा अभ्यास खेल खेलेको थियो । जसमध्ये नेपालले २ खेलमा जित हात पारेको थियो । 
उच्च मनोबलका साथ मैदानमा उत्रन लागेको नेपालले जसरी भएपनि डिभिजन–२ को शीर्ष दुई भित्र पर्ने लक्ष्य राखेको छ । डिभिजन–२ को शीर्ष दुईभित्र पर्न नसके नेपालले लामो समय विभिन्न ठुला प्रतियोगिताबाट बञ्चित हुनुपर्नेछ । 

नेपाल र नामिबिया विश्व क्रिकेट लिग डिभिजन–१ बाट घटुवा हुँदै डिभिजन–२ मा पुगेका हुन् । नेपाल र नामिबिया पछिल्लो तीन वर्षमा चौथोपटक आमने–सामने हुँदैछन् । यसअघिका तीन खेलमा जित हात पारेको नेपालले चौथो खेलमा पनि नामिबियालाई पराजित गर्ने लक्ष्य राखेको छ । नेपालले नामिबियालाई सन् २०१५ मा नामिबियामै भएको डिभिजन–२ को खेलमा ३ विकेटले हराएको थियो । 

सन २०१६ अप्रिलमा विश्व क्रिकेट लिग डिभिजन–१ को दुवै खलमा नेपाल विजयी भएको थियो । प्रतियोगिता अन्तर्गत आजै केन्या र युएईंबीच प्रतिस्पर्धा हुनेछ । डिभिजन–२ मा आयोजक नामिवियासँगै, नेपाल, युएई, केन्या, क्यानाडा र ओमन रहेका छन् । क्यानडा र ओमान डिभिजन–३ बाट बढुवा भएर आएका टोली हुन् । डिभिजन–२ को शीर्ष दुई टोलीले २०१९ मा हुने एक दिवसीय विश्वकपको छनोट खेल खेल्न पाउनेछन् ।
खेल तालिका 

माघ २५ गते

केन्या भर्सेस यूएई – वान्डरर्स मैदान 

नेपाल भर्सेस नामिबिया – डब्लुएपी मैदान
ओमान भर्सेस क्यानडा – ट्रस्टको युनाइटेड मैदान

माघ २६ गते
युएई भर्सेस क्यानडा – वान्डरर्स मैदान 
नेपाल भर्सेस ओमान – डब्लुएपी मैदान
केन्या भर्सेस नामिबिया – ट्रस्टको युनाइटेड मैदान

माघ २८ गते
नामिबया भर्सेस ओमान – वान्डरर्स मैदान 
केन्या भर्सेस क्यानडा – डब्लुएपी मैदान 
नेपाल भर्सेस यूएई – ट्रस्टको युनाइटेड मैदान

माघ २९ गते
नेपाल भर्सेस केन्या – वान्डरर्स मैदान 
यूएई भर्सेस ओमान – एब्लुएपी मैदान 
नामिबिया भर्सेस क्यानडा – ट्रस्टको युनाइटेड मैदान

फागुन २ गते 
नेपाल भर्सेस क्यानडा – वान्डरर्स मैदान 
यूएई भर्सेस नामिबिया – डब्लुएपी मैदान
केन्या भर्सेस ओमान – ट्रस्टको युनाइटेड मैदान

फागुन ३ गते 
फाइनल – वान्डरर्स मैदान 
तेस्रो र चौथो प्लेअफ – डब्लुएपी मैदान 
पाँचौं र छैटौं प्लेअप – ट्रस्टको युनाइटेड मैदान