मनोरंजन

फेरि रमितसँग जाेडिदै रेखा !

काठमाडौं, २३ माघ । लामो समयसम्म दर्जन बढी चलचित्रमा काम गरेका नायक रमित ढुंगाना र रेखा थापा पछिल्लो समय पर्दामा सँगै देखिएका छन् । हालै उनीहरु सँगै भेटिएपछि उनीहरुको सम्बन्धमा सुधार आएको आभास भएको छ । त्यसो त उनीहरुको सम्बन्ध के कारणले चिसियएको थियो ? वास्तविकता बाहिर आएको छैन । करिब ७ वर्ष वित्यो, तर उनीहरु सँगै देखिएका थिएनन् ।  
हाल ‘शिरफूल’ नामक फिल्मको छायांकनमा व्यस्त रेखालाई भेट्न गएको आइतबार रमित सुटिङ सेटमा नै पुगेका थिए ।वितरक गोपालकाजी कायस्थले रेखा र रमितलाई भेटाएका हुन् । रमितलाई एक्कासी देखेपछि रेखा आश्चर्यमा परेकी थिइन् । यी दुईले झन्डै १ घण्टा भलाकुसारी गरे र छुटिए । 
 
रेखा भन्छिन्, ‘रमित मेरो को–एक्टर मात्र होइन मिल्ने साथी पनि हो । तर, ७ वर्षपछि भेट भयो । रमितसँगको भेट मेरो लागि सरप्राइज हो । म निकै खुसी छु ।’ उनले आगामी दिनमा रमितसँग सँगै फिल्ममा काम गर्ने इच्छा रहेको पनि बताइन् । उनले अाफ्नाे व्यानरकाे  फिल्ममा यदी सुहाउँदो भूमिका भए रमितसँग फेरि काम गर्ने बताएकी छिन् । 
रमित र रेखाले 'देवर बाबु', 'धड्कन', 'मनमा माया', 'दुर्गा', 'सहारा', 'हामी ट्याक्सी ड्राइभर' जस्ता फिल्ममा सँगै काम गरेका छन् । यी दुईले अभिनय गरेका प्रायः फिल्महरु 'बक्सअफिस' मा हिट भएका छन् ।