विश्व

पाकिस्तानमा आत्मघाती बम विस्पोट, ११ जनाको मृत्यु


पाकिस्तान, २१ माघ । पाकिस्तानमा भएको आत्मघाती बम विस्पाेटमा ११ जनाको ज्यान गएको छ । खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आत्मघाती बम आक्रमण भएको त्यहाँको सेनाले जनाएको छ । आक्रमणकारीले भलिबल हेर्न भेला भएका मानिसको समूहमा विस्पाेटमा गराएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानी तालिवानले आक्रमण आफूले गराएको दाबी गरेको छ ।