चलचित्र

‘निर्जला’ दशैंमा आउने

काठमाडौं, २१ माघ । चलचित्र ‘निर्जला’ को फस्ट लुक सार्वजनिक भएको छ । रिलिज टार्गेट केही पर भएपनि निर्माण युनिटले चलचित्रको प्रचार प्रसारका क्रममा हालै एउटा पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा तीन मुख्य कलाकारलाई स्थान दिइएको छ । किशोर खतिवडा, शुभेच्छा थापा र निक्स शर्मा नेपाली पोशाकमा देखिएका छन् ।
राजु गिरीले निर्देशन गरेको फिल्म आगामी २०७५ सालको फूलपातीको दिनदेखि रिलिज हुने निर्माण पक्षले जनाएको छ । महिलन प्रधान भनिएको सामाजिक फिल्मका किशोर, शुभेच्छा र निक्ससाथै श्याम राई, पल्पसा डंगोल, प्रकाश चन्द्र न्यौपाने, शर्मिला श्रेष्ठ, राजकुमार थापा लगायतका कलाकारको अभिनय रहेको छ । ‘निर्जला’मा अशोक खड्काको द्वन्द्व, कमल राईको नृत्य तथा रवि कोइरालाको छायांकन रहेको छ ।