खेलकुद

सन्दिप आइपिएलको अक्सनमा छनोट

काठमाडौं, ७ माघ । नेपाली युवा स्पिनर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको अक्सन (बोलकबोल) सूचीमा परेका छन् । आइपिएलले शनिबार सार्वजनिक गरेको अक्सनमा पर्ने खेलाडीको सूचीमा क्रिकेटर सन्दिप अटाएका हुन् ।
आगामी अप्रिलमा हुने आइपिएलको लागि अक्सनमा ५७८ खेलाडी परेका छन् । जसमा सन्दिप २७६ औं स्थानमा रहेका छन् ।  अन क्याप्ड सूचीमा रहेका सन्दीप एसोसियटतर्फबाट अक्सनमा छानिएका हुन् ।
अक्सनमा यु – १९ क्रिकेट टोलीका पुर्व कप्तान समेत रहेका सन्दिपको बेस प्राइस २० लाख भारतीय रुपैयाँ रहेको छ ।  अक्सनको लागि छनोट भएकामध्ये ३६० भारतीय खेलाडी रहेका छन् ।  ११ औं संकरणको आइपिएलको अक्सन जनवरी २७ र २८ मा हुनेछ । आइपिएल अप्रिल ४ देखि मे ३१ सम्म हुने छ ।
नेपाली टोलीको नियमित सदस्य सन्दीप यसअघि बंगलादेशको घरेलु लिगको ड्राफ्ट र  पाकिस्तान सुपर लिगको अक्सनमा परेका थिए । तर, सन्दिपलाई अक्सनमा कुनैपनि क्लबले किनेनन् ।