समाचार

रोमान्टिक मुडमा साम्राज्ञी र धिरज

काठमाडौं, ७ माघ । चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को निर्माण टिमले फस्टलुक  सार्वजनिक गरेको छ । चलचित्रको मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको तस्विरहरु सार्वजनिक गरेको हो ।
कोरियोग्राफर रेनषा वान्तवा राईले पहिलो पटक निर्देशन रहेको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को ७५ प्रतिशत छायाँकन पूरा भएको छ । नेपालको सबै र युके छायाँकन चलचित्रको बाँकी २५ प्रतिशत, बसन्त ऋतुको अवसर पारेर चैत, बैशाखमा युकेमै छायाँकन गरिनेछ । पहिलो तालिका अन्तर्गत डिसेम्बरमा युके ‘फेस्टिभ’ सिनहरु सिनेमामा खिचिएको छ । युकेका थुप्रै रमणीय दृश्यहरु पनि कैद गरिएको निर्माण टिमले बताएको छ ।
आई कोर फिल्मस्को व्यानरमा ‘इन्टु मिन्टु लन्डनमा’लाई प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराले निर्माण गरेका हुन् । सिनेमाका सह–निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । प्रज्वल जबरा र रेनषाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजका अलावा सरुक ताम्राकारको पनि मुख्य भूमिका छ ।अभिमन्यु दिक्षित र रेनषाको लेखन ,शैलेन्द्र धोज कार्कीको छायाँकन टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।