समाचार

अस्थायी राजधानी नै स्थायी हुने !

काठमाडौं, ५ माघ । सरकारले गत बुधबार तोकेको अस्थायी राजधानी नै स्थायी बन्ने सम्भावना देखिएको छ । संविधानको भारा २८८ उपधारा ९२० मा प्रदेशसभा राजधानी सम्बन्धित प्रदेशसभाको दुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने लेखिएको छ ।
यसबाट प्रदेशस संसदको दुईतिहाइ बहुमतबाट मात्र स्थायी राजधानी तोकिनेछ । हाल विवादमा रहेका १, २ ५ र ७ नम्बर प्रदेशमा स्थायी राजधानी तोक्न दुईतिहाइ बहुमत पुग्ने स्थिति देखिएको हुँदा अस्थायी रूपमा तोकिएको राजधानी नै स्थायी हुने सम्भावना बढेको हो ।