राजनीति

आठौँ प्रदेश घोषणा गर्ने चेतावनी !

दाङ, ४ माघ । सरकारले प्रदेश ५ को अस्थायी मुकाम बुटवल घोषणा गरेपछि दाङमा आन्दोलन चर्किएको छ । मंगलबारबाट थालिएको आन्दोलनले विहीबारसम्म आइपुग्दा विशाल रुप लिएको छ । बुधबारमात्रै सरकारले अस्थायी मुकाम तोकेपछि दाङका स्थानीयहरु थप आन्दोलित बनेका हुन् । 
सरकारले निर्णय सच्याउनुपर्ने आन्दोलनकारीको माग छ । सरकारको निर्णयविरुद्ध बुधबार दाङको घोराही, तुलसीपुर, लमहीलगायत क्षेत्रमा प्रदर्शन भयो । उनीहरूले सरकारले माग सम्बोधन नगरे आठौँ प्रदेश घोषणा गर्ने चेतावनी दिएका छन् । आन्दोलनलाई निरन्तरता दिँदै विहीबार विहानैदेखि प्रदर्शन थालिएको छ ।  
यसैबीच, धनगढीलाई अस्थायी मुकाम घोषणा गरिएपछि डोटीको दियापल पनि आन्दोलन जारी छ । बुधबार दिनभर तनावग्रस्त बनेको दिपायलका स्थानीयल विहीबार विहानै देखि आन्दोलनलायई निरन्तरता दिएका छन् । दिपायललाई प्रदेश ७ को अस्थायी मुकाम घोषणाको माग गर्दै डोटीमा अनिश्चितकालीन बन्दको घोषणा भएको छ । 
त्यसैगरी, प्रदेश १ को अस्थायी मुकाम विराटनगर तोकिएको विरोधमा धनकुटामा विरोध जारी छ ।  प्रदेश २ को अस्थायी मुकाम जनकपुरबाट वीरगन्ज हुनुपर्ने भन्दै प्रदर्शन पनि थालिएको छ ।