राजनीति

दिपक मनाङेको विषयमा बोल्यो सर्वोच्च

काठमाडौं, ४ माघ । सर्वोच्च अदालतले मंगरबार राजीव गुरुङ ९दिपक मनाङे० को विषयमा कुनै फैसला नभएको बताएको छ । सर्वोच्चको इजलासले मनाङेको विषयमा कुनै निर्णय नगरेको अदालतको वेबसाइटमा उल्लेख छ ।  वादी प्रतिवादीका नाममा मनाङेको नाम नभए पनि कतिपय मिडियाले मनाङेलाई सर्वोच्चले ५ बर्ष जेल सजायको फैसला सुनाएको समाचार सम्प्रेषण गरेका थिए ।
सर्वोच्च अदालतका सञ्चाविज्ञ किशोर पौडेलले भने, मनाङेको विषय सर्वोच्चसँग जोडिएपनि मनाङेलाई नै अदालतले ५ बर्ष जेल सजायको फैसला सुनाएको छैन । तत्कालिन पुनरावेदन अदालतले जेल सजाय सुनाएकाले त्यसैलाई नै स्वीकार्नुपर्छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।