विश्व

इरान सम्झौताबाट बाहिरिने अमेरिकी चेनावती

अमेरिका, ३० पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौता सुधार नभए सम्झौताबाट बाहिरिने चेतावनी दिएका छन् ।  इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौतामा सुधारको माग गर्दै आएका राष्ट्रपति ट्रम्पले सम्झौताबाट बाहिरिने दोहोराएका हुन् । इरानले आणविक गतिबिधिलाई निरन्तरता दिइरहेको आरोप लगाउदै राष्ट्रपति ट्रम्पले इरान सम्झौताबाटै बाहिरिने चेतावनि दिदै आएका छन् । 
इरानको आणविक गतिबिधिबारे युरोपेली मुलुकहरुसँग अन्तिम छलफल गर्ने राष्ट्रपति ट्रम्पले बताएका छन् । इरानले सम्झौता विपरित आणविक कार्यक्रम नरोके पुन उ बिरुद्ध नाकाबन्दी थप गर्ने राष्ट्रपति ट्रम्पको भनाइ छ । इरानले आतङकबाद तथा क्षेप्यास्त्र र आणविक गतिबिधिलाई प्रोत्साहन गरेको आरोपमा अमेरिकाले यसअघि पनि बिभिन्न नाकाबन्दी लगाइसकेको छ ।