विश्व

भारतमा हेलिकोप्टर दुर्घटना, ५ को मृत्यु

भारत, ३० पुस ।  भारतको मुम्बइ शहर नजिकै समुद्री तटमा हेलीकप्टर दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । भारतीय ए पवन हान्स नामको हेलीकप्टर मुम्बइस्थित समुद्री तटमा खसेको हो । अन्य २ जना बेपत्ता भएका छन् । हेलिकप्टरमा इन्धन तथा आएल निगमका ५ जना उच्च अधिकारि सहित ७ जना सवार थिए । मुम्बइस्थित जुहु बिमानस्थलबाट मुम्बइ हाइट तर्फ उडिरहेको हेलिकप्टर मुम्बइस्थित समुद्री तटमा खसेको हो । मृतकमध्ये २ बिमान चालक रमेस ओहाट्कर र भीसी कटोच रहेको पुष्टि भएको छ ।  बेपत्ता दुइ जनाको खोजीकार्यमा भारतीय नौसेना तथा तटिय सुरक्षाकर्मी खटिएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।